कालापानी सामूदायिक वनको१६ औँ साधारणसभा सम्पन्न


रामहरि श्रेष्ठ

बेथानचोक-कालापानी सामुदायिक बन उपभोक्ता समूह बेथानचोक ४,२ ले आज एक कार्यक्रमका विच आफ्नो १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

समूहका अध्यक्ष प्रेमप्रसाद श्रेष्ठको सभापतित्व र प्रतिनिधिसभाका सांसद एवं पूर्व मन्त्री माननीय गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपककुमार गौतमको विशिष्ट आतिथ्यतामा भएको समारोहमा सचीवको वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अध्यक्षको भावी  नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । 

कार्यक्रममा बोल्दै सामुदायिक बन महासंघ बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटा, जिल्ला बन अधिकृत देवीप्रसाद पोखरेल, वडा अध्यक्ष कृष्णबहादुर पाख्रीन, बन व्यवस्थापन अन्तर्गत इन्लिफ्ट परियोजनाका  कमल भन्डारी, प्रधानमन्त्रीले कृषि आधुनिक परियोजनाका प्रमुख भरत कँडेल लगायतले मन्तव्य राख्दै बनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । 

उक्त कार्यक्रममा झण्डै ३०० जना उपभोक्ता तथा छिमेकी बन तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु