पलाञ्चोकमा वृहत सांस्कृतिक कार्यक्रम हुने


मेचीकाली

पाँचखाल–प्रशिद्ध पलाञ्चोक भगवती मन्दिर परिसरमा आगामी चण्डी पूर्णिमाको अवसरमा वृहत सांस्कृति कार्यक्रम आयोजना हुने भएको छ । 

पाँचखाल नगरपालिका वडा नं. ९ मा रहेको पलाञ्चोक भगवती मन्दिर परिसरमा आगामी जेठ १० र ११ गते वृहत सांस्कृति कार्यक्रम हुन लागेको हो । वडा अध्यक्ष रामकाजी श्रेष्ठले स्थानीय कालिका युवा क्लव, एकता युवा क्लव, एकिकृत पहरी युवा क्लव, श्री पलाञ्चोक ग्रैह्रीगाउँ युवा क्लव र धन्द्रेखोला नेवाः समाजको आयोजनामा कार्यक्रम हुने जानकारी दिए । कार्यक्रमको प्रवर्द्धकको रुपमा पाँचखाल नगरपालिका रहेको छ । लोप हुने अवस्थामा पुगेको २४ घण्टे जात्राको जगेर्ना गर्न, स्थानीय प्रतिभाहरुलाई कला प्रर्दशन गर्ने मौका दिन, आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, पलाञ्चोक भगवती मन्दिरको प्रचार प्रसार गर्न तथा र स्थानीय भेषभुषा, कला संस्कृति र संगीत जोगीने अपेक्षा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यक्रमको प्रवद्र्धक पाँचखाल नगरपालिका, नगर प्रमुख महेश खरेल, उपप्रमुख सुर्यमाया दनुवार रहेका छन् भने संरक्षकहरुमा वडा अध्यक्ष रामकाजी श्रेष्ठ, वडा सदस्यहरु शान्ति तामाङ, विमला रम्तेल, बासुदेव खड्का र बुद्धिलाल श्रेष्ठ रहेका छन् । 

कार्यक्रमका लागि २०८० चैत्र ३० गते आयोजना गरिएको बृहत्त सर्वदलिय वडा भेलाबाट प्रकाशचन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो । समितिमा उपाध्यक्ष हेमबहादुर श्रेष्ठ(प्रविण), सचिव भरत खड्का, कोषाध्यक्ष शारदा पौडेल रहेका छन् । सुमन कुँवर, कृष्णबहादुर कुँवर, सोमबहादुर उदास, राधाकृष्ण श्रेष्ठ, अदिप पहरी, रमेश श्रेष्ठ, अनिल श्रेष्ठ, नविन खड्गी, नरमणी राई, एलिना श्रेष्ठ र इन्द्रमाया श्रेष्ठ सदस्य रहेका छन् । 

जात्रा तथा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न राधाकृष्ण श्रेष्ठको संयोजकत्वमा आर्थिक उप समिति, नविन खड्गीको संयोजकत्वमा प्रचार प्रसार उप समिति, अनिल श्रेष्ठको संयोजकत्वमा स्वंयसेवक परिचालन उप समिति गठन भएको छ । मन्दिर स्थापनाकाल देखि पलाञ्चोक भगवती र कालिका देविको दुई रथ बोकी बजार परिक्रमा गर्ने चलन छ । पलाञ्चोक भगवतीलाई बडा दशै टिकाको दोश्रो दिन र बुद्ध जयन्तीको दोश्रो दिन चाँदिका गहनाले सजाउने गरिएको छ । पलाञ्चोक भगवती मन्दिर बुद्ध जयन्ती÷चण्डी पुर्णिमाको दिन २४ सै घण्टा खुल्ला रहनेछ । तीन दिनसम्म चल्ने जात्रामा पहिलो दिन साँझ बत्ति बाल्ने, दोश्रो दिन चण्डी पूर्णिमा जात्रा र तेश्रो दिन रथयात्रा गर्ने चलन छ । 


प्रतिक्रिया



थप समाचारहरु