बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


मेचीकाली

काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका-२, पात्लेगाउँमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार आइतबार बिहान करिब ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल-भकुण्डे खण्डको पात्लेगाउँमा दुर्घटना भएको हो । धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा प्र -०१-००६ ख ४८०८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा नमोबुद्ध-२ स्थित पात्लेगाउँका ८२ वर्षीय पोत बहादुर कटुवालको मृत्यु भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया



थप समाचारहरु