खाद्य प्रविधिका प्रमुखद्वारा कार्यालयमै आत्महत्या


मेचीकाली

काभ्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् । उनले आज मध्यान्ह करिव १२ः१५ को समयमा आत्महत्या गरेको हुनसक्ने सेवाग्राहीले बताएका छन् । 

कार्यकक्षमा प्रमुख नभेटिएपछि खोजी सुरु भएको थियो । सोहिक्रममा घिमिरे कार्यालयको छतमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी काठमाण्डौंको मातातिर्थबाट दैनिक कार्यालय आउनेजाने गर्दथे । घिमिरेको को स्थायी घर लमजुङ हो । ४७ वर्षिय घिमिरेका एक छोरी, छोरा र श्रीमती छन् । उनी गत असोज २८ गतेमात्रै कार्यालय प्रमुखको जिम्मेवारी सहित काभ्रे आएका थिए । उनले आत्महत्या किन गरे भन्नेबारे केही खुलेको छैन ।

 घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिएका छन् । अहिले शव पोष्टमार्टमको तयारी भइरहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व