‘सभामुख प्रचण्डका निर्देशन पालक भए’– महासचिव पोखरेल


Mechikali , 

बनेपा– नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पालकको रुपमा देखिएको आरोप लगाएका छन् । शनिवार काभ्रेको बनेपामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘सभामुख एउटा संस्था हो, संवैधानिक ओहोदा हो, उसको निष्पक्षतामाथि सबैले ढुक्क हुनुपर्छ, सभामुखको भूमिका हेर्दा कस्तो लाग्छ भने सभामुख प्रचण्डका उदण्ड गुरिल्ला हुन्’ पोखरेलले थपे । उनले सभामुख सापकोटा सभामुखभन्दा पनि प्रचण्डको निर्देशन पालक रहेको आरोप लगाए ।
उनले सभामुखले गरेका कानुन विरुद्धका कामहरुको हिसाब किताब संसदमा नै हुने बताए । ‘सभामुखले कसरी संसद चलाउँदा रहेछन्, हामी हेछौँ र त्यसको हिसाब किताब त्यहि गछौँ’ उनले थपे । सभामुख सापकोटाले पार्टी एकिकरणको पक्षमा लागेका माओवादी नेताहरुलाई कारवाहि गर्नको लागि प्रचण्डले पत्र पठाएको दश घण्टामा कारवाहि गर्ने सभामुखले एमालेले पार्टी विधान, कानुन विपरित लागेका नेताहरुलाई कारवाहि गर्न गरेको सिफासिर पत्र गुपचुप लुकाएर राखेको आरोप लगाए ।
कार्यक्रममा एमाले महासचिव पोखरेलले नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नर्फकने बताउँदै जेठ २ मा फर्कदा पार्टी एकिकरणको पक्षमा उभिएर एमालेमा आएका माओवादी तथा अन्य दलका नेताहरुलाई कमजोर र हतोत्साहित गराउने काम हुने भएकोले पूर्ण रुपमा जेठ २ मा फर्कन नसकिने बताए । उनले एमालेको दशौँ महाधिवेश आगामी मंसिर महिनामा गर्ने तय भएको बताउँदै असोज महिनामा विधान अधिवेशन सम्पन्न गरी वडा तथा पालिका अधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । उनले वर्तमान सरकारले एमाले नेतृत्वको सरकारले अघि बढाएको विकास निर्माण लगायतका कामहरु रोक्ने कोशिस गरेको आरोप लगाउँदै त्यसका विरुद्ध एमाले अघि बढ्ने बताए ।

प्रतिक्रिया



थप समाचारहरु