बालउन्नतिमा ६४औं वार्षिकोत्सव समारोह


मेचीकाली

गोलगाउँ-बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित गोलगाउँमा रहेको बालउन्नति आधारभूत विद्यालयले आफ्नो स्थापनाको ६४औ दिवस विविध कार्यक्रम बीच मनाएको छ ।


विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका कार्यक्रममा वर्ष भरीमा विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष बिष्णु तामाङले पुरस्कार वितरण गर्नु भएको थियो । सो क्रममा उहाँले वडा भरीका विद्यालयहरुलाई शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो । सामुदायिक विद्यालयका शैक्षिक गतिविधिमा गाउँपालिकाले लगानी थप्दै गएकोले भावी दिनहरुमा पनि लगानी थप्दै जाने विश्वास दिलाउँदै थप मिहेनत गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

 

अभिभावकलाई पनि विभिन्न गतिविधिमा संलग्न गराईएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रेखा रानाले आफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले सिमित साधन स्रोतका विच उत्कृष्ट शिक्षण सिकाइका  लागि आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर तामाङले वार्षिकोत्सव समारोहले अभिभावकलाई विद्यालयसम्म ल्याउन मौका मिलेको र अभिभावकको जमघट हुने प्रकारका गतिविधि समय समयमा गरिदै जाने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु