बनेपाका एमाले जनप्रतिनिधि भन्छन्, 'हेपाहा प्रवृत्तिविरुद्ध प्रतिवाद गरिन्छ'


मेचीकाली

-भ्रम नफैलाउन गठवन्धनलाई चेतावनी

बनेपा–नेकपा एमालेबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुविरुद्ध अनावश्यक भ्रम नफैलाउन पाँचदलीय गठवन्धनलाई चेतावनी दिएका छन् ।

करारका कर्मचारीको म्याद थपबारेको विवादमा गठवन्धले अनावश्यकरुपमा विषयान्तर गरेर भ्रम फैलाउने काम गरेको भन्दै एमालेबाट निर्वाचित भएका उप्रमुख बिमला सापकोटासहित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका छन् । हिजो नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र समाजवादी पार्टीले विज्ञप्ति निकाल्दै एमाले जनप्रतिनिधिले नगर प्रमुख शान्तिरत्न शाक्यलाई काम गर्न नदिएको आरोप लगाएका थिए । 

बनेपा नगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले करारमा कार्यरत कर्मचारीका विषयमा निर्णय गर्ने अधिकार कार्यपालिकालाई दिएको थियो । तर कार्यपालिकाको बैठक नै नबोलाई आफैं हस्ताक्षर गरी नगर प्रमुख शाक्यले साउन २२ गते ६ जना कर्मचारीलाई अवकाशपत्र दिए । उक्त अवकाशपत्र उपप्रमुख बिमला सापकोटासहित बहुमत कार्यपालिका सदस्यले अस्वीकार गर्दै नगरसभाको निर्णयअनुसार कर्मचारीबारे कार्यपालिकाबाट निर्णय हुनुपर्ने अडान राखेका छन् । नगर प्रमुखले नियमविपपरित दिएको अवकाशपत्र उपप्रमुख सापकोटाले च्यातेर कार्यपालिका बैठक बोलाउन माग गरिरहेको बेला शाक्यको गल्ती ढाकछोप गर्दै इस्यु डाइभर्ट गर्न पाँचदलीय गठवन्धन अघि सरेको थियो ।

आज एमालेका जनप्रतिनिधिले निकालेको विज्ञप्तिमा  गठवन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुले शुरु देखि नै दभ्भ प्रस्तुत गरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई हेप्ने, अवहेलना गर्ने, मर्यादा विपरित अभिव्यक्ति दिने, कानुनको धज्जी उडाउँदै मपाईत्व गर्ने गरेको उल्लेख गरिएको छ । जिल्लाको पहिलो र पुरानो नगरपालिका बनेपामा अहिले ९७ जना करार तथा ज्यालादारी कर्मचारीहरु कार्यरत रहेको तथा उनीहरु सबैको ब्यवस्थापनका लागि कार्यपालिकाले आर्थिक वर्ष २०७८÷२०७९ सम्ममा मौजुदा रहेको दरवन्दी तथा संगठन स्वरुपलाई स्वीकृत गरी निरन्तरता दिन नगर सभामा प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको र नगरपालिकामा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवाका कर्मचारीहरु मध्ये आवश्यक कर्मचारीहरुको आर्थिक वर्ष २०७९÷२०८० का लागि समेत म्याद थप गर्ने अधिकार कार्यपालिकामा प्रदान गर्न नगर सभामा प्रस्ताव प्रस्तुत गर्ने निर्णय अनुरुप नगर सभाको २०७९ असार २४ गते सम्पन्न बैठकले सोहि अधिकार कार्यपालिकालाई दिने निर्णय गरेको एमालेका जनप्रतिनिधिहरुको भनाई छ । 

उक्त निर्णयलाई लत्याउँदै उपप्रमुख विमला सापकोटा लगायत कार्यपालिका सदस्यहरुले पटक पटक कार्यपालिका बैठक बोलाउन गरेको अनुरोधलाई ब्यवास्ता गरी नगर कार्यपालिकालाई छली प्रमुख शान्तिरत्न शाक्यले ब्यक्तिगत रुपमा कर्मचारीले प्रयोग गर्ने अधिकार समेत आफै दुरुपयोग गरी कर्मचारीलाई हटाएको पत्र लेखेको विषय कानुन विपरित रहेको जनप्रतिनिधिहरुको आरोप छ । कर्मचारीको म्याद थप गर्ने वा नगर्ने अधिकार बनेपा नगरपालिकाको नगर सभाले कार्यपालिकालाई दिएको सन्दर्भमा राजनीतिक पुर्वाग्रहका आधारमा केहि कर्मचारीहरुलाई नगर प्रमुख शान्ति रत्न शाक्यले आफै हस्ताक्षर गरेर अवकाश पत्र दिए पछि उप प्रमुख विमला सापकोटा सहित हामी कार्यपालिका सदस्यहरुले पटक पटक नगर प्रमुखलाई भेट्न प्रयास गर्दा भेट नगरी मिति २०७९ साउन २३ गते दिउँसो मात्रै छलफलमा सहभागी हुँदा आफ्नो निर्णयबाट पछि नहट्ने अडान लिएकाले गैह्रकानुनी रुपमा लेखिएको पत्र च्यातिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उक्त विषयलाई तोडमोड गर्दै गठवन्धनका नाममा नगरको फाहोरमैला ब्यबस्थापन र खानेपानी लगाएतका विकासका कामहरु उल्लेख गरी जनतालाई भ्रमित पार्न खोजेको एमालेका जनप्रतिनिधिहरुले बताएका छन् । आफूहरु बनेपा नगरको विकासका लागि सदैव एकता, समन्वय र सहकार्यका लागि प्रतिवद्ध रहेको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बेवास्ता गरी संकुचित र हेपाहा प्रवृत्तिबाट अमुक दल र ब्यत्तीबाट नियन्त्रीत र निर्देशित भई नगर प्रमुखद्धारा गैहजिम्मेवार ढंगले गरिने कुनै पनि कार्यमा आफूहरुको सहयोग नभई प्रतिवाद हुने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

खानेपानी फाहोर ब्यबस्थापन र करिडोर निर्माण गरी बनेपा नगरपालीकालाई आधुनिक नगरको रुपमा विकास गर्न हामि सम्बद्ध राजनितीकदलको स्पस्ट दृष्टिकोणको आधारमा तत्कालीन सरकारले ब्यबस्था गरेको ३१ करोड रुपयाको बजेटबाट एकिकृत खानेपानी शुरु भई अन्तिम चरणमा पुगेको, करिडोर निर्माण गरी डुबान समस्या समाधान गर्न ७५ करोड बजेट विनियोजन भएकोमा गठबनधनको सरकार निर्माण पश्चात ति आयोजनाका बजेट कटौती गरीएको यथार्तलाई ढाकछोप गर्नका लागी संसदीय अभ्यास मुल्य र मान्यता बिपरीत ५ दलिय गठबन्धनले विज्ञप्ती जारी गरी बनेपा नगरलाई नियन्त्रीत र निर्देशित गर्न खोजिएको कदम प्रति भत्र्सना पनि गरिएको छ ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया



थप समाचारहरु