बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम


मेचीकाली

ढुंखर्क-बेथानचोक गाउँपालिकाको ढुंखर्कमा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा.वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रममा  अभिभावकको भूमिका, दायित्व, अधिकार र कर्तव्यका साथै बालबालिकामा मोबाइल प्रयोगको असर, सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र त्यसको निराकरणका विषयमा अभिभावकहरुबीच अन्तक्र्रिया प्रस्तुतिकरण कार्यक्रम गरिएको थियो  ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले असल अभिभावकविना असल पुस्ता तयार गर्न नसकिने बताउनु भयो । सूचना र प्रविधिको प्रकाशमा तिरमिराएको नयाँ पुस्तालाई मार्गनिर्देश गर्न अभिभावक पनि समय सापेक्ष सुसूचित हुनु पर्ने औल्याउँदै अध्यक्ष अधिकारीले शिक्षण सिकाइ प्रक्रियामा अर्थपूर्ण र नतिजामुखी बनाउनका लागि गाउँपालिकाले योजनावद्ध तरिकाले लगानी गर्दै गइरहेको बताउनुभयो । उपाध्यक्ष तारा राना तिमल्सिनाले सूचना प्रविधिले तीव्र गतिमा फड्को मार्दा अभिभावक शिक्षाको लागि पनि पहल थाल्नु परेको बताउनुभयो ।  उहाँले सामाजिक सञ्जालको व्यापकतासँगै बालबालिकामा परेको नकारात्मक असरबारे अभिभावक जिम्मेवार ढंगले प्रस्तुत नभए समस्या निम्तिनसक्ने भएकोले चनाखो रहन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

विद्यालयको सिकाइमा सहयोग तथा प्रारम्भिक पढाइ लेखाइमा सहयोग गरी बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउनको अभिभावको भूमिका स्पष्ट पार्नुका साथै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने उद्देश्यले अभिभावक शिक्षा कायक्रमको आयोजना गरिएको हातेमालो युवा समाजका अध्यक्ष सन्तोष तिमल्सिनाले जानकारी दिनुभयो ।
 
शैक्षिक गुणस्तर अभिवृद्धिका शिक्षक र विद्यार्थीको मात्र नभई  अभिभावकको भूमिका पनि महत्वपूर्ण रहने भएकाले बालबालिकाहरुलाई सिकाइलाई अनुकुल वातावरण निर्माणका लागि  अभिभावकहरुलाई सचेत बानाउनका लागि बेथानचोक गाउँपालिका वडा नं. २ ले अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम वडाको बजेटमा समावेश गरी हातेमालो युवा समाजसंगको समन्वयमा कार्यक्रम संचालनका गर्न लागिएको २ नं वडाका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताउनुभयो ।

पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले सामाजिक सञ्जालका कारण समस्याग्रस्त व्यवहारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले मोबाइल तथा सामाजिक सञ्जालबाट सिर्जित नकारात्मक मानसिक स्वास्थ्य परिणामलाई रोक्न अभिभावकलाई आफ्ना बालबालिकासँग खुलेर संवाद गर्न आग्रह गर्नुभयो । यसका लागि समय समयमा विद्यालयमा विद्यालय आएर बालबालिकाका विषयमा विद्यालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
बेथानचोक क्षेत्रमा पहिलो र फरक धारमा संचालित अभिभावक शिक्षा कार्यक्रमको सहजिकरण छविलाल चौलागाई र संचारकर्मी शुभराज अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ मा संचालित पार्वती माध्यामिक विद्यालय, बालहित प्राथमिक विद्यालय, जयराम प्रथामिक विद्यालय, ढुंखर्क इङ्लिस बोर्डिङ स्कुल र अमृत विद्या मन्दिरमा अध्ययन गर्ने विद्यार्थीहरुका करीब झण्डै २५० जना अभिभावकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया



थप समाचारहरु