धुलिखेल नगरपालिकाको एक अर्ब ३५ करोड रुपियाँ बराबरको कार्यक्रम प्रस्तुत


मेचीकाली

धुलिखेल– काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि एक अर्ब ३५ करोड रुपियाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख अशोक कुमार ब्याञ्जुले चालुतर्फ ६४ करोड ३ लाख ८ हजार रुपियाँ अर्थात् कुल बजेटको ४७ दशमलव ४३ प्रतिशत र पूँजीगततर्फ ७० करोड ५६लाख ७२ हजार अर्थात् कुल बजेटको ५२ दशमलव २७ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ४० लाख अर्थात् शुन्य दशमलव ३० प्रतिशत रकम विनियोजन गर्नु भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोत (राजस्व (मौज्दातसमेत) बाट २१ करोड १ लाख २७ हजार, राजस्व बाँडफाँटबाट २१ करोड ६५ लाख ६६ हजार, संघ सरकार अन्तर सरकारकाी हस्तान्तरणबाट ४७ करोड ७८ लाख रकम प्राप्त हुने अनुमान गरेको छ । 

यसैगरि नगरपालिकाले अन्य कार्यक्रम तथा परियोजनाबाट ३४ करोड ९५ लाख र जनसहभागिताबाट २ करोड ७५ लाख रकम प्राप्त हुने अनुमान गरेको छ । धुलिखेल नगरपालिकाको ११ औ सभामा नगर प्रमुख ब्याञ्जुले चालु आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्ब १५ करोड १५ लाखको बजेट अनुमानमा चालु आ.व.को जेठ मसान्तसम्म ९८ करोड ८ लाख ७२ हजार ४४८ खुद आम्दानीमा ८५ दशमलव १८ प्रतिशत प्रगति भएकोमा सोही अवधिमा ८१ करोड ७ लाख ९३ हजार ४३१ रुपियाँ खर्च भएको बताउनुभयो । नगर प्रमुख ब्याञ्जुले आगामी आ.व.मा स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका, अपाङ्ग, जेष्ठट नागरिक, सामाजिक सुरक्षा, पूर्वाधार, खानेपानी, सडक, अन्य पूर्वाधार, पर्यटन, कृषिको क्षेत्रमा विभिन्न योजनाहरु सञ्चालन गरिने बताउनुभएको छ । 

सभामा नगर उपप्रमुख निराजन जङ्गमले नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा वडा नम्बर १ मा विभिन्न २७ वटा योजना, वडा नम्बर २ मा २७ वटा, वडा नम्बर ३ मा १८ वटा, वडा नम्बर ४ मा २५ वटा, वडा नम्बर ५ मा २० वटा योजनाको काम भएको बताउनुभयो । यसैगरि नगरपालिकाको वडा नम्बर ६ मा ३६ वटा, वडा नम्बर ७ मा ४० वटा, वडा नम्बर ८ मा २३ वटा, वडा नम्बर ९ मा १३ वटा, वडा नम्बर १० मा २० वटा, वडा नम्बर ११ मा २२ वटा र वडा नम्बर १२ मा विभिन्न २१ वटा क्रियाकलापहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले चालु आ.व.मा नगरपालिकाभित्र विभिन्न क्षेत्रमा गरिएको कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु