मिशनः ‘डिजिटल बेथानचोक’, सबै वडामा निःशुल्क वाइफाई


मेचीकाली

बेथानचोक-बेथानचोक गाउँपालिकाले सवै वडाहरुका निःशुल्क इन्टरनेट सेवा शुरु गरेको छ । ‘डिजिटल बेथानचोक’ बनाउने उद्देश्यसहित कार्यक्रम शुरु गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो । बिहिबार ढुंखर्कमा आयोजित ‘डिजिटल बेथानचोक’ अवधारणा अन्तर्गत पालिकाका ६ वटै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाई कार्यक्रमको उद्घाटन भएको छ ।


 उहाँले हरेक युग सूचना प्रविधिकै युग थियो, हो र रहन्छ । यसकारण पनि सूचना प्रविधिबाट कोही पछ नपरुन भन्ने अभिप्रायसले सेवा शुभारम्भ गरिएको र ‘डिजिटल बेथानचोक’ बनाउन आफूहरुले घोषणा पत्रमै उल्लेग गरिएको स्मरण गर्दै आगामी दिनमा सेवालाई थप बढाउँदै लैजाने बताउनु भयो  । उहाँले भन्नुभयो, ‘यो हरेक क्षण बदलिरहेको छ । ढुंगेयुगको सूचना प्रविधि अहिले काम लाग्दैन । अहिलेको युग भनेको डिजिटल प्रविधि र सूचनाको युग हो । सिंगो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा छ । यो सुविधा तपाई हामी सबैले पाउनु पर्छ । अब सबैले इन्टरनेटबाट बिजुलीका बिल तिर्नेदेखि आफ्नो बैंक खातामा पहुच पु¥याई अन्य आर्थिक गतिविधि यसै सेवामार्फत गरौं ।’


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सूचना प्रविधिले जनजीवन दिनानुदिन सहज बन्दै गइरहेको र सूचना प्रविधिले विश्व सानो गाउँ बन्दै गएकोेले अब सूचना प्रविधि नागरिकको जीवनसँग जोडिएको बताउनु भयो ।  नागरिकलाई सूचना प्रविधिसँग जोडन सके हरेक काममा सहजता हुने दैनिकी सहज हुने बताउनु भयो । यो युग प्रविधिको युग भएकोले सबै मिली डिजिटल बेथानचोकको पथमा अघि बढ्न आवश्यक रहेको उहाँले बताउनु भयो । सूचनाको शक्ति कहिल्यै कमी नहुने भएकोले सूसूचित हुन पाउने नागरिकको अधिकारलाई उच्च सम्मान गर्दै आफूहरु काम गर्दै जाने उहाको भनाई छ । चुनावी घोषणा अनुरुप नै आफूहरु काम गर्दै जाने उहाले प्रतिवद्धता दोहो¥याउनु भयो । 

 


सो कार्यक्रम अन्तर्गत ६ वटै वडाको सबैलाई पायक पर्ने स्थानमा निःशुल्क वाइफाइ क्षेत्र बनाइने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । बेथानचोक गाउँपालिकाको आ.व. २०७९।०८० का डिजिडल बेथानचोकको नीति अनुरुपकै कार्यक्रमको निरन्तरता भएको उहाँको भनाई छ । उहाँले यसका लागि इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाईफाई छोडिएको बनाउनु भयो । स्थानीयले सहजै वाईफाइ जोडन फ्रिओटीपी सिस्टमबाट पासपोर्ट नै नचाहिने गरी यो सेवा शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसबाट गाउँपालिकाले भर्खरै शुरु गरेको युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षालाई समेत फाइदा पुग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया



थप समाचारहरु