स्थानीय तहको मुल्यांकन : आफैंले ८१ नंवर दिएको पनौतीले पायो जम्मा १८ नंवर, अरु पालिकाको कति ?


मेचीकाली

काभ्रे–लिजा भनेर चिनिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा आफूले आफैंलाई ८१ नंवर दिएको पनौती नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा भने १८ नंवरमात्रै पाएको छ । 

वित्ता आयोगले सार्वजनिक गरेको स्थानीय तहहरुको कार्यसम्पादन मुल्यांकनमा काभ्रेमा सबैभन्दा पछि परेको पनौती नगरपालिकाले १८.८२ अंकमात्रै पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिजामार्फत स्थानीय तहलाई स्वमुल्यांकन गर्न दिँदै आएको छ । यसमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयका विषयमा स्वमुल्यांकन गर्न दिइनेछ । यसमा स्थानीय तहहरुले कतिपय विषयमा कामै नभए पनि कागजातहरु अपलोड गर्दै नंवर प्राप्त गरेको भन्दै आलोचनासमेत हुँदै आएको छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले १६ वटा सूचकमा मुल्यांकन गर्ने गरेको छ । जसमा असार १० गतेभित्र गाउँ या नगरसभामा बजेट पेश गरे या नगरेको, असार मसान्तभित्र बजेट पास भए या नभएको, आगामी आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आय व्यय विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे या नगरेको, वार्षिक समीक्षा तोकिएको समयमा गरे या नगरेको, बजेट खर्चको अवस्था, बेरुजुको अवस्था, सुत्र प्रयोग गरे या नगरेको, आवधिक योजना बनाए या नबनाएको, कक्षा १ देखि ८ सम्मको विद्यार्थी भर्नाको दर, कक्षा ८ को तुलनामा कक्षा ९ विद्यार्थीको टिकाउ द लगायतका विषयमा कार्यसम्पादन मुल्यांकन गर्ने गरेको छ ।

काभ्रेमा वित्त आयोगको मुल्यांकनमा ४८.३९ अंकसहित पहिलो भएको रोशी गाउँपालिकाले लिजामा भने ६९.५ अंक पाएको थियो । 

वित्त आयोग र लिजामा काभ्रेका स्थानीय तहको मुल्यांकन अंक यस्तो छ  :




प्रतिक्रिया



थप समाचारहरु