नमोबुद्ध नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास


मेचीकाली

फुलबारी: नमोबुद्ध नगरपालिका वडा नं १ को मथुरापाटी फुलबारीमा बन्ने प्रशासनिक भवन शिलान्यास गरिएको छ । 

नगरपालिकाको आन्तरिक श्रोतबाट ९६ लाख ४२ हजार १ सय ८७ रुपैयाँ लागतमा बन्ने भवनको नगर प्रमुख कुनसाङ लामाले शिलान्यास गर्नुभयो । पहिलो तलामा ४ कोठासहित माथिल्लो तलामा सभाहलसहितको बालमैत्री, अपांगमैत्री र लंैगिकमैत्री संरचना निर्माण हुने वडाअध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।  

२०८० मंसिर ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी हिमालयन क्रस रोड प्रालिले निर्माण ठेक्का पाएको छ । नगरपालिकाका इञ्जिनियर उज्जवल अर्यालका अनुसार, नगरका ११ मध्ये १० वटा वडाका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । 



प्रतिक्रिया



थप समाचारहरु