नर्वेली राजदुत नमोबुद्धमा


मेचीकाली

चरङ्गेफेदी (नमोबुद्ध)– नेपालका लागि नर्वेली राजदुत टोरुन ड्राम्डल लगायतको टोलीले नमोबुद्ध–६ चरङगेफेदीमा जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । 

सोमबार राजदुत ड्राम्डल, नोराडका महानिर्देशक वर्ड भेगर सोल्जेल, कार्यकारी प्रमुख लिसेटा ट्रेबी, नेर्वेली दुतावासका विकास सहायता प्रमुख कृष्टिन एच. स्टरहल, एसिमोडका महानिर्देशक डा. पेमा ग्यामजो लगायत दूतावास तथा एसिमोडका प्रतिनिधिसहितको टोलीले चरङेफेदि राधाकृष्ण कृषक समुह भ्रमण गरेका हुन् । प्रतिनिधीहरुले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकूलन गाउँ कार्यक्रम, कृषि, शिक्षा, वातावरण क्षेत्रमा भएको कामको अध्ययन, अबलोकन गरेका थिए । 

नर्वेली दूतावासले नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा ६ वटा वडामा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमको स्थलगत अवलोकन गर्दै राजदुत ड्राम्डलले भइरहेका कामको प्रशंसा गर्दै नेपालस्थित नर्वेली दूताबासबाट निरन्तर समन्वय र सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । 

जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत चरङगेफेदीमा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छाप्रो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ ।

नगर प्रमुख कुनसाङ लामाले आफ्नो कार्यकालमा जलवायु परिवर्तनका असर न्युनिकरणको लागि विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगप्रति आभार प्रकट गरे । नगरपालिकाले अर्गानिक कृषिको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि जनाए । अबलोकन टोलीमा नमोबुद्ध नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले लगायतको सहभागिता थियो । 


प्रतिक्रिया



थप समाचारहरु