रोशीको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न


मेचीकाली

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न भएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभाले आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, अर्धबार्षिक प्रगती प्रतिवेदन प्रस्ताव र न्यायिक समितिको अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्ताव लगायत विभिन्न प्रस्तावहरू पास गर्दै सभा सम्पन्न भएको छ ।
उक्त सभामा रोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धनजित लामाले शुभकामना मन्तव्य राखेका थिए भने गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव पेश गरेका थिए र गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले अर्धबार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । सो प्रस्तावहरू सर्वसम्मतले पारित गरेका छन् ।
प्रवक्ता वसन्तकुमार तामाङले पेश गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ मा कुल ७४ करोड २७ लाख ६० हजार आय हुने र सोही अनुसार व्यय हुने अनुमान गरिएकोमा ३५ करोड ५३ लाख ३६ हजार ३१३ आय गरेको छन् भने २६ करोड ६९ लाख ७५ हजार ६७ व्याय गरेको छ ।
गाउँ सभाका सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ रहेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु