विद्यार्थीलाई बेथानचोकका अध्यक्षको प्रश्नः बेथानचोक मन्दिर जाने केवलकार बनाउनु भएको हो ?


मेचीकाली

बेथानचोक-बेथानचोक गाउँपालिकाको आयोजनामा  आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रर्दशनीमा वडा नं. ५ मा अवस्थित आत्मा विकास माध्यमिक विद्यालय प्रथम भएको छ । कपेर महाङ्काल आधारभूत विद्यालय द्वितीय र  कृष्णगोपाल माध्यमिक विद्यालय तृतीय भए । पालिका भित्रका आधारभूत र माध्यमिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको कृष्णगोपाल माध्यमिक विद्यालयले समन्वय गरेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले किताब बाहिर पनि सिकाइका सयौं  आयाम हुने भएकाले यस प्रकारका प्रतियोगिताले विद्यार्थीको शिक्षण सिकाइको दायरा फराकिलो हुने बताउनु भयो । उहाँले भन्नुभयो “जीवनको हर निमेषलाई विज्ञानले डोहोराउने र सिर्जित अप्ठ्यारो जटिल कामलाई विज्ञानले सहज तुल्याउने भएकोले विद्यार्थीमा विज्ञानको उपयोगिता बुझाउन जरुरी छ ।” विद्यार्थी सफल हुनको लागि वैज्ञानिक रूपमा साक्षर हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।


कार्यक्रम स्थलमा विद्यार्थीद्वारा निर्मित केवलकार देखेर पुलकित हुँदै अध्यक्ष अधिकारीले सोध्नुभयोेः बेथानचोक मन्दिर जाने केवलकार बनाउनु भएको हो ? विद्यार्थीहरुको जवाफ थियो– हो यही विधिबाटै हामी केवलकार प्रयोगमा लाउन सक्छौ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले विज्ञानले विद्यार्थीहरुमा सिक्ने, सोच्ने, निर्णय गर्ने कुरामा सहयोग पुग्ने बताउँदै गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेण्डर अनुसारका गतिविधि अक्षरस गरिदै लैजाने बताउनुभयो ।

उहाँले बेथानचोक गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय विज्ञान र प्रविधि प्रर्दशनीले विद्यालयहरुलाई प्रधिविमैत्री र विज्ञानमैत्री बनाउदै समग्र शैक्षिक विकासको लागि आयम थप्दै लैजाने बताउनुभयो । प्रतिगोगिता सम्पन्न तुल्याउन दिनरात मेहेनत गर्नुहुने शिक्षक र विद्यार्थीहरुलाई उहाँले धन्यवाद दिनुभयो ।


वडा नं. का अध्यक्ष एवं कार्यक्रम सभापति कुबेर ढकालले बेथानचोक गाउँपालिकाका सबै विद्यालयमा भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर पनि विकास हुनुपर्छ र शैक्षिक गुणस्तरको सबैभन्दा पहिलो पर्याय भनेको बिज्ञान र प्रविधिको विकास भएकाले विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्य आयोजना गरिएको बताउनुभयो । “विज्ञानको विभिन्न प्रयोग छन्, जसले ती सिद्धान्त, आधारभूत मूल्य मान्यता बुझ्नको लागि सजिलो होस् र प्रयोगात्मक तरिकाले विज्ञान सिक्न सकुन् भनेर यो कार्यक्रम गरिएको छ” –उहाँले थप्नुभयो ।


कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले गाउँपालिका भित्रका विशेषगरी आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई आफ्नो सामाग्री तयार गरेर प्रर्दशनीमा आउनु आह्वान गरेका गरिएकोमा १० वटा विद्यालय सहभागी भएको बताउँदै गाउँपालिका नै आयोजक रहेको र यसले गाउँपालिका भित्रका विद्यालयबीच सम्वन्ध विस्तार हुने, प्रतिष्पर्धा बढ्ने बताउनु भयो ।


  कार्यक्रममा भिमसेनेश्वर मा.वि.बाट  सागर तामाङ, रोजन के.सि, विनोद तामाङ, विशाल तामाङ, सरस्वती मा.वि. वेथानचोक–४ बाट  सन्दीप तामाङ, सृजना राई, युवराज श्रेष्ठ, राघव श्रेष्ठ, बेथानचोक नारायण आ.विबाट सञ्जय सिंताङ, दिपेन्द्र लामा,  सिरिश घिमिरे, राज योञ्जनले सहभागिता जनाउनु भएको थियो । यस्तै कालिका मा। वि.बाट सुजल तामाङ, विवेक तामाङ, उज्वल थापा, नवाङ तामाङ, सरस्वति मा. वि. बेथानचोक–६, भुग्देउबाट सविना थापा, विवेक तामाङ, रोजिना गोले, यसैगरी चक्रेश्वर मा.वि.बाट सन्दिप दाहाल, एलवर्ट दाहाल, रेश्मा दाहाल, आयुषा दाहालले प्रतियोगितामा स्पर्धा गर्नु भएको थियो


यस्तै आत्मा विकास मा.वि बाट इन्द्र लोप्चन, पुजन भ्लोन, अनुका लामा, जोशन दाहाल, भूमिमाता मा.वि.बाट गंगा तामाङ, भगवती तामाङ, सलिना तामाङ, प्रिति तामाङ, कपेर आधारभूत विद्यालयबाट सोनिज तामाङ, रोजिना वाइवा, समिक्षा तामाङ, स्वस्तिका थिङ, पार्वती माध्यमिक विद्यालयबाट निमेश लामा, विनित तिमल्सिना,  रोहित अधिकारी तथा नितिशा तिमल्सिनाले विज्ञान प्रदर्शनी गराउनु भएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु