एम्बुलेन्स खरिदका लागि एघार लाख सहयोग


मेचीकाली

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक सेवा समाज कतारले जिल्लाको भुम्लु गाउँपालिकामा एम्बुलेन्स खरिदका लागि नगद सहयोग उपलब्ध गराएको छ । समाजले दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबमार्फत गाउँपालिकालाई नगद सहयोग उपलब्ध गराएको हो । बिहिबार समाजका निवर्तमान अध्यक्ष नारायण बिष्ट, क्लवका अध्यक्ष अष्टकुमार श्रेष्ठले भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललाई समाजबाट प्राप्त भएको एघार लाख रुपियाँको रकमको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै भुम्लु गाउँपालिकाका अध्यक्ष भुजेलले एम्बुलेन्स खरिदको सबै प्रक्रियाहरु अघि बढेको बताउँदै दुई महिनाभित्र एम्बुलेन्स सञ्चालनमा आउने बताउनुभयो । कार्यक्रममा काभ्रेपलाञ्चोक सेवा समाज कतारका निवर्तमान अध्यक्ष नारायण बिष्टले बिरामीहरुलाई सहज र समयमा नै उपचारका लागि अस्पताल पु¥याउन सकियोस् भन्ने हेतुले एम्बुलेन्स खरिदका लागि रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबका अध्यक्ष अष्ट कुमार श्रेष्ठले भुम्लु गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने समाज र क्लवको सम्झौता भएको पन्ध्र महिनापछि सम्झौताले सार्थकता पाएको बताउनुभयो । उहाँले वि.सं. २०५१ सालदेखि नै क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले क्लबले आगामी दिनमा पनि भुम्लु र दोलालघाट क्षेत्रको विकासको लागि विभिन्न निकायसँग मिलेर कामहरु गर्ने बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु