झापाली समाजले माल्टामा फूटबल आयोजना गर्ने


मेचीकाली

माल्टा-युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैं) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य फुटबल एकदिवसीय प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा यस टूर्नामेंट Mosta फुटबल ग्राउन्ड मा आयोजित हुने छ।  अध्यक्ष श्री तेज बहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक श्री भुवन झाले माल्टामा कुनै पनि नेपाली संगठनले आयोजना गरेको यो अहिले सम्मको सबैभन्दा ठूलो एकदिवसीय फुटबल प्रतियोगिता हुने बताएका छन्।  यस संगठनले आधिकारिक रूपमा Degiorgio Group (MCSI) को रूप मा कार्यक्रम को लागी एक मुख्य प्रायोजक को पनि घोषणा गरेको छ।  कम्पनीले € २००० को नगद रकम योगदान गरको छ भने उक्त सहयोगले संस्थालाई ठूलो समर्थन मिलेको र खेल भव्य रुपमा सम्पन्न हुनेछ भन्ने विश्वास प्रकट गरिएको छ।

उक्त टुरनामेंटमा 10 देखी 15 वटा टिमको सहभागिता रहने छ 5 वटा टिम माल्टा बाहेक अरू युरोपियन मुलुक बाट सहभागिता जनाउने उल्लेख भएको छ।टूर्नामेंटको प्रथम पुरस्कार नगत €2551 प्लस ट्रफी रहेको छ भने दोस्रो पुरस्कार €1151 प्लस ट्रफि रहेको बताइएको छ । खेल अवधी भरीमा खेलाडीको प्रदर्शनका आधारमा best goalkeeper, best defender,best striker, best midfielder, man of the match and man of the tournament  को उपाधिले पुरस्कृत गरिने बताइएको छ ।


प्रतिक्रिया



थप समाचारहरु