ठमेलबाट २ काभ्रेलीसहित ११ जुवाडे पक्राउ


मेचीकाली

काठमाडौं–काठमाडौंको ठमेलबाट दुईजना काभ्रेलीसहित जुवा खेल्ने ११ जना पक्राउ परेका छन् ।

ठमेलको ज्याठास्थित होटल भियानाको कोठा नं. ६१२ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिला डागीले कोठा भाडामा लिई जुवा खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रे घर भएका ४४ वर्षका हरिबोल खनाल र २८ वर्षका किशोर अधिकारी रहेका छन् । यस्तै काठमाडौंको गोकर्णेश्वर ६ का  ५४ वर्षका अरुण घिमिरे, चितवन घर भएका ४१ वर्षका दिपक गुरुङ, नुवाकोटका ४४ वर्षका कृष्णबहादुर राई, ३० वर्षका राजु पन्त र २८ वर्षका शंकर शाही पक्राउ परेका छन् । यसैगरी रुपन्देही घर भएका २६ वर्षका घनश्याम शर्मा, रोल्पा घर भएका ३६ वर्षका लिला डागी, बाँके घर भएका ४० वर्षका मेघनाथ बुचबन्दिया र  जिल्ला गोरखा घर भएका ३५ वर्षका अर्जुन गुरुङ पक्राउ परेका छन् । 

उनीहरुको साथबाट १३ लाख ६२ हजार पाँच सय रुपैयाँ र चार बुक चाससमेत बरामद गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु