काभ्रेमा ८ महिनामा ८६ जना जुवाडे पक्राउ


मेचीकाली

काभ्रे–काभ्रेमा आठ महिनाको अवधीमा जुवातास खेल्ने ८६ जना पक्राउ परेका छन् । प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गतेसम्म जुवातास खेल्ने ८६ जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार साउनदेखि चैत ९ गते शुक्रबारसम्म जुवातास खेल्ने १२ वटा समूहलाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार ाउन महिनामा चार जना, भदौमा १४ जना, असोजमा आठ जना, कात्तिकमा २५ जना, मङ्सिरमा चार जना, पुसमा आठ जना, माघ महिनामा १८ जना र चैतमा शुक्रबार राति पाँच जनालाई पक्राउ गरिएको छ ।

 पक्राउ परेकामध्ये दश वटा समूह तास र दुई समूह कौडा खेलिररहेको अवस्थामा पक्राउ परेका थिए । । जुवातास खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गर्दा १५ लाख २७ हजार २१५ रुपियाँ नगद बरामद गरिएको छ । अबैध रुपमा जुवातास खेल्नेमा १८ देखि २५ वर्ष उमेर समूहका पाँच जना, २६ देखि ३५ वर्ष उमेर समूहका १९ जना ३६ देखि ४५ वर्ष उमेर समूहका ४२ जना र ४६ देखि ५९ वर्ष उमेर समूहका २० जना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

प्रहरीले साउन महिनामा तास खेल्ने समूहबाट नगद ७२ हजार २९० रुपियाँ, भदौमा दुई लाख ३४ हजार ५०५ रुपियाँ, असोज महिनामा छ लाख आठ हजार ३६० हजार, कात्तिकमा ७९ हजार ४७५ रुपियाँ, मङ्सिरमा दुई लाख १६ हजार ७०५ रुपियाँ, माघ महिनामा दुई लाख ३९ हजार २१० रुपियाँ र शुक्रबार २० हजार ६८० रुपियाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु