मण्डनमा बाघले खाएको भनिएकी महिलाको हत्या पुष्टि, १७ वर्षीय किशोर पक्राउ


मेचीकाली

काभ्रे–गत मंसिर ३० गते मृत अवस्थामा फेला परेकी मण्डनदेउपसर नगरपालिका १० हल्देकी ६५ वर्षीया कान्छी दमाईको हत्या भएको पुष्टि भएको छ । उनको हत्या गरेको आशंकामा १७ वर्षका एक किशोर पक्राउ परेका छन् ।


दमाईको शव घरबाट ४०० मिटर उत्तरतर्फ छिमेकीको बारीमा फेला परेको थियो । स्थानीयबासीले उनको मृत्यु बाघको आक्रमणबाट भएको आशंका गरेका थिए । प्रहरीले उनको शव पोष्टमार्टमका लागि धुलिखेल ल्यायो । तर, उनको मृत्यु कुनै जंगली जनावरबाट नभई गहिरो चोटका कारण भएको र त्यो चोट जनावरको आक्रमणबाट नभएको पोष्टमार्टम रिपोर्ट आयो । 


कान्छी दमाईको हत्या भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले  विशेष टोली परिचालन गरेको थियो । सोही क्रममा मृतकले लगाउने गहना सुन पसलमा बेच्न ल्याउने मानिसहरुमाथि शंका गर्दै थप अनुसन्धान गर्ने क्रममा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही ठाउँका अन्दाजी १७ वर्षका वुद्ध तामाङ हुन् । कान्छी दमाईले लगाएको गहना बेच्ने क्रममा उनलाई पुस १३ गते नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 


जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद लिई घटनाको अनुसन्धान भइरहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु