काभ्रे- काभ्रे जिल्लाका विभिन्न स्थानमा रहेका ट्रान्सफर्मर निकालेर त्यसभित्र रहेको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गिरोह समातिएको छ ।
जिल्लाको भुम्लुदेखी नमोबुद्ध नगरपालिकासम्म विभिन्न ठाउँमा रहेका ६ वटा ट्रान्सफर्मर डेढ महिनाको अवधीमा निकालेर त्यसको तार चोरी भएको थियो । गिरोहले खानेपानी र सिन्चाईका लागि विद्युत प्रवाह गर्न प्रयोग गरिने ट्रान्सफर्मरलाई आफ्नो निशाना बनाउने गरेका थिए । एकान्त ठाउँमा हुने र ट्रान्सफर्मर निकाल्दा तत्कालै स्थानीयले थाहा नपाउने हुँदा ती ट्रान्सफर्मर निकाल्ने गरिएको थियो। ट्रान्सफर्मरको तार निकालेर कवाडीलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी चौकी भकुण्डेवेशी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक सोधपुछ गर्ने क्रममा बोरी गरेका तामाका तारहरु भक्तपुरजिल्ला स्थित विभिन्न कवाडी पसलमा लगि बेच्ने गरेको पाइएपछी जि.प्र.का काभ्रे ई.प्र.का मंगलटार र प्रहरी वृत जगाती भक्तपुरको संयुक्त टोलीले गिरोहमा संलग्न थप ३ जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानको क्रममा कवाडी धनीले कवाडीको सामान लिन जाने निहुँले विभीन्न स्थानहरुमा पुगी त्यस्तो ट्रान्सफर्मर रहेको यकिन गरे पश्चात उक्त समुहका मुख्य व्यक्तिलाई खबर गर्ने र गिरोहले गाडी समेतको व्यवस्था गरी रात्रिकालिन समयमा पूर्व योजना मुताविक ट्रासफर्मर निकाली त्यसभित्र रहेको तामाको तारलाई निकालेर लाने गरेका थिए ।
यस्ता छन् चोरीका घटना :
घटना नं.१.
मिति २०८१।०३।०७ गते अं. रातीको ०१:०० बजेको समयम जिल्ला काभ्रे भुम्लु गा.पा ९ मेलडाँडा स्थीतमा रहेको NCELL को टावरमा सोको कम्पाउण्डको ताल्चा फोरी उक कम्पाउण्ड भित्र रहेको २५ KVA ट्रान्स वएलको ट्रान्सफर्मर फुटाई भित्र रहेको अ. मुल्य रु. ३००००० (तिन लाख) बराबरको तामाको तार र ग्राउण्ड केवल ४० मिटर अ. मुल्य रु. ३००० बराबरको तार चोरी भएको उक्त घटनामा संलग्न प्रतिवादी जगन्नाथ बस्नेत, कुमार बि.क., सन्तोष बि.क., राजेश बि.क., विष्णु निशंखे र दिकुल खत्रीले घटनाको सम्बन्धमा स्विकार गरेको।
घटना नं.२.
मिति २०८१।०३।१६ गते रातको समयमा जि. काभ्रेपलान्बोक तेमाल गा.पा. ५ मनकुलबेसि स्थितमा नेवारपांखा र छापडांडा गाँउलाई खानेपानि उपभोगको लागि जडान गरि राखेको neek कम्पनिको २५. kv क्षमताको ट्रान्समिटर फुटाइ ट्रान्समिटर भित्र रहेको तामाको धातु चोरी गरी लगेको उक्त घटनामा प्रतिवादीहरु जगन्नाथ बस्नेत, राजेश बि.क., विष्णु विशुंखे, विकुल खत्री, प्रविण बस्नेत, मुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतले घटना बारवातलाई स्विकार गरेको।
घटना नं.३.
मिति २०८१/०३/२४ गते राति जि. काभ्रेपलान्चोक नमोबुद्ध न.पा. ६ स्थित राखिएको नमोबुद्ध बृहत खानेपानी आयोजनाको ट्रान्सफर्मरको ५० के.भि. ट्रान्सफर्मर भित्र रहेको तामाको तार चोरी भएको उक्त पटनामा प्रतिवादीहरु जगन्नाथ बस्नेत, राजेश बि.क., विष्णु विशुंखे, विकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतले घटना वारदातलाई स्विकार गरेको।
घटना नं.४.
मिति २०८१/०४/०७ गते बिहान अं. ०१:३० बजे देखि ऐ. २:०० बजेको समय भित्र जि. काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं. ५ साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधिन कार्यालय भवनको कम्पाउण्ड भित्र राखेको ५० KVA क्षमताको ३ (तीन) वटा बिद्युतको ट्रान्सफर्मर फुटाई सो भित्र रहेको तामाको तार बोरी गरी लगेको। उक्त घटनामा प्रतिवादीहरु जगन्नाथ बस्नेत, विष्णु विशुखे, विकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतले घटना वारदातलाई स्विकार गरेको।
घटना नं.५
मिति २०८१/०४/११ गते राति जिः काभ्रेपलाञ्चोक मण्डनदेउपुर न.पा. ९ रानिटार स्थित मेलम्चि जाने भित्रि सडक खण्डमा रानिटार सिचाई आयोजनाको लागि राखिएको 50 KV क्षमता बराचरको ट्रान्सफर्मर फोडि भित्र रहेको अं. ८० के जि बराबरको तामाको तार चोरि भएको। उक्त पटनामा प्रतिवादीहरु जगन्नाथ बस्नेत, विष्णु विशुंखे, दिकुल खत्री, प्रविण चस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतले पटना वारदातलाई स्विकार गरेको।
घटना नं. ६.
मिति २०८१/०४/१८ गते राति जि. काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा. ७ सोते स्थित सिचाई क्रसर र खानेपानीको लागि राखिएको १५० KB को विधुतिय ट्रान्समिटर चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको।
चोरी गरेको सामानहरु वा १ व ७८३४ नं. को माईक्रो भ्यानको प्रयोग गरी भक्तपुर जिल्लाका विभीन्न कवाडी पसलमा लगि बेच्ने गरेको तथ्य खुलेको ।
यी हुन् पक्राउ पर्नेहरू