एक महिनाअघि ठगेर गएका ‘नक्कली अनुगमनकर्ता’ फेरि ठग्न आउँदा पक्राउ


मेचीकाली

काभ्रे–काभ्रेको बनेपाबाट दुईजना नक्कली बजार अनुगमनकर्ता पक्राउ परेका छन् । उपभोक्ता मन्च नेपालको नाममा बजार अनुगमन गर्दै पैसाको बार्गेनिङ गर्दै ठगी गर्नेलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पक्राउ गरेको हो । एकपटक ठगेर हिँडेका उनीहरु दोस्रोपटक ठग्न आउँदा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भक्तपुर सुर्यबिनायक न पा वडा नं.७ वस्ने बर्ष ५० को वासुदेव न्यैपाने र काठमाण्डौ महानगरपालिका वडा नं. २९ घर भइ हाल जिल्ला भक्तपुर सुर्यबिनायक न पा वडा नं.७ बस्ने लक्ष्मी वर्ष ५२ को रोशन पोखरेल रहेका छन् । 

झण्डै एक महिनाअघि बनेपा–५ घसिला मार्गमा रहेको बेकरीमा ठगी गरेर हिँडेका उनीहरु बुधबार पुनः सोही ठाउँमा अर्को बेकरीमा अनुगमनको नाममा पसेका थिए । अघिल्लो पटक माघ १२ गते उनीहरुबाट १० हजार रुपैयाँ लिएर गएका उनीहरुलाई देखेपछि ठगिएका बेकरी सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

उनीहरुले माघ १२ गते आफुहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताउँदै पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेकोमा मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाएका थिए । उनीहरुले सुरुमा १५ हजार रुपैयाँ दिए कुरा मिल्ने बताए पनि पछि १० हजार रुपैयाँ लिएर गएका थिए ।

उनीहरुको साथबाट उपभोक्ता मञ्च नेपालको नाममा बनाइएको परिचयपत्र, ३५०० रुपैयाँ नगद, मोबाइल वराम भएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाहरु उपभोक्ता संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा उनीहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको खुल्न आएको प्रहरस्ले जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुरमा  जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन पाँच(५) म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु