पाँचखालमा आरम्भ चौतारी लघुवित्तको वित्तीय साक्षरता सम्पन्न


मेचीकाली

पाँचखाल-आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सप्ताह व्यापी संचालित वित्तिय साक्षरता कार्यक्रम शाखा कार्यालय पाँचखालमा पनि सम्पन्न भएको छ। ग्लोबल मनी वीक २०२५, मार्च १७ देखि २३ सम्म सञ्चालित उक्त कार्यक्रम सोमबार  पाँचखाल नगरको सभा हलमा सम्पन्न भएको छ। 

नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यमा सम्म कार्यक्रममा नगरपालिकाले अब आउने वर्षहरूमा गरिबीको रेखा मुनि बसेका कृषक हरुलाई माथि उकास्ने योजना हरु ल्याउने बताएका थिए। कार्यक्रममा पाँचखाल नगर वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी वडा नं ४ का अध्यक्ष सुन्दर लामा वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारले वित्तीय साक्षरता सम्बन्धी आफ्ना धारणा राखेका थिए।  संस्थाकी सदस्य सविता बञ्जारा तिमल्सिनाले आफ्नो सफलताको कथा वाचन गरेकी थिइन्। कार्यक्रममा गीता भट्ट, सीता दनुवार, सीता श्रेष्ठ, सुस्मिता दनुवारले आफ्ना मन्तब्य राखेका थिए। 

शाखा प्रमुख सुजाता दनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी कर्मचारी रमा पराजुली स्वागत मन्तव्य राखेकी थिईन् भने बागमती प्रदेश कार्यक्रम अधिकृत संगीता कार्कीले कार्यक्रम संचालन गरेकी थिइन्।

प्रतिक्रिया



थप समाचारहरु