काभ्रेमा विकास बजेट : ६ महिनामा ३० प्रतिशतमात्रै खर्च


मेचीकाली

काभ्रे–आर्थिक वर्ष २०८०/८१ को ६ महिना वितिसक्दा पनि काभ्रेमा विकास बजेटको खर्च न्ष्यून देखिएको छैन । आधा वर्ष वितिसक्दा जिल्लामा विभिन्न योजनाका लागि विनियोजन भएको पूँजीगत (विकास) बजेटको ३० प्रतिशत बजेट खर्च भएको पाइएको छ ।

चालुु आवका लागि जिल्लामा सङ्घीय तथा प्रदेश सरकारबाट विनियोजन भएको कुल पूँजीगत (विकास) बजेटमध्ये ६ महिनाको अवधिमा ३० दशमलव ४ प्रतिशत बजेट खर्च भएको छ । यो खर्च सडकलगायतका भौतिक पूर्वाधार निर्माणमा खर्च भएको हो । 

कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका अनुसार चालु आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट पूँजीगततर्फ चार अर्ब १५ करोड १६ लाख ३४ हजार रुपियाँ र सङ्घीय सरकारबाट एक अर्ब २० करोड २१ लाख ७१ हजार गरी कूल पाँच अर्ब ३५ करोड ३८ लाख पाँच हजार बजेट विनियोजन गरिएको थियो । 

चालु आवका लागि प्रदेश सरकारले विनियोजन गरेको कूल पूँजीगत बजेटमध्ये पहिलो छ महिना अर्थात् पुस मसान्तसम्म ९२ करोड ८२ लाख २३ हजार २०१ रुपियाँ र सङ्घीय सरकारबाट विनियोजन भएको बजेटमध्ये पुस मसान्तसम्म ४६ करोड १३ लाख ५३ हजार ८६३ रुपियाँ खर्च भएको कोलेनिकाका सूचना अधिकारी कोष नियन्त्रक चतुर्भुज तिमल्सिनाले जानकारी दिए। े पुस मसान्तसम्म प्रदेश सरकार मातहत रहेका कार्यालयबाट २२ दशमलव ३५ प्रतिशत र सङ्घीय सरकार अन्र्तगत रहेका कार्यालयहरुबाट ३८ दशमलव ३७ प्रतिशत बजेट खर्च भएको बताए  

चालु आवको पुस मसान्तमसम्म प्रदेश सरकार मातहत रहको जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयले १० करोड १३ लाख ४९ हजार ९६५ रुपियाँ, पूर्वाधार विकास कार्यालयले ७१ करोड ४५ लाख ६३ हजार ७०१ रुपियाँ खर्च गरेको भएको छ । यस्तै शहरी विकास तथा भवन कार्यालयले छ करोड ७३ लाख ५९ हजार १३४ रुपियाँ, सार्वजनिक निर्माण कार्यान्वयन इकाईले एक करोड ६७ लाख १४ हजार ४९० रुपियाँ, डिभिजन वन कार्यालयले दुई करोड १३ लाख ९७ हजार ८५७ रुपियाँ खर्च गरेको कोलेनिकाले जनाएको छ । 

त्यस्तै सङ्घीय सरकार अन्र्तगत रहेको सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले ४० करोड ९८ लाख ७३ हजार १७० रुपियाँ, भुम्लु गाउँपालिकाले एक करोड ८१लाख २४ हजार ९६३ रुपियाँ, महाभारत गाउँपालिकाले एक करोड १६ लाख, ९४ हजार ४१४ रुपियाँ खर्च गरेको छ । 

यसैगरी चालु आर्थिक वर्षको लागि जिल्लामा सङ्घीय सरकार तथा प्रदेश सरकारले विनियोजन गरेको कुल चालु बजेटमध्ये छ महिनाको अवधिमा पाँच अर्ब पाँच करोड २५ लाख ४८ हजार ५६४ रुपियाँ खर्च भएको कोलेनिकाले जनाएको छ । 

यस वर्षका लागि जिल्लामा सङ्घीय सरकारमार्फत नौ अर्ब २२ करोड ३९ लाख ७१ हजार र प्रदेश सरकारमार्फत एक अर्ब ७७ करोड ७५ लाख ८७ हजार गरी कूल दश अर्ब ९९ करोड ९५ लाख ५८ हजार रुपियाँ चालु बजेट विनियोजन भएको छ । सडक, भौतिक पूर्वाधारलगायतका विभिन्न काम गर्ने निर्माण व्यवसायीले काम सम्पन्न गरेपछि मात्रै भुक्तानी लिने गरेकोले पहिलो छ महिनामा विकास बजेट कम खर्च भएको देखिएको हो । 


प्रतिक्रिया



थप समाचारहरु