मातृभूमिको १३ औँ साधारण सभा सम्पन्न


मेचीकाली

बनेपा– काभ्रेको बनेपामा रहेको मातृभूमि कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत असार मसान्तसम्म तीन करोड ९५ लाख ४१ हजार ५९४ रुपियाँ चालु पूँजी रहेको सहकारीले एक वर्षको अवधिमा पाँच लाख २४ हजार ५७१ रुपियाँ नाफा गरेको सहकारीले जनाएको छ । साधारण सभाको अवसरमा सहकारीका जेष्ठ सदस्य बिसलाल मानन्धरलाई सम्मान गरिएको थियो । सभामा सहकारीका कार्यालय प्रमुख तिर्थकुमार तामाङले संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा वर्षभरमा उत्कृष्ट कारोबार गरेको भन्दै दश शेयर सदस्यलाई सम्मान समेत गरिएको थियो । 

संस्थाका अध्यक्ष राजेश मानन्धरको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष रामगोपाल मानन्धर, संस्थाका सल्लाहकार रमाकुमारी श्रेष्ठ, कानुनी सल्लाहकार जगत शाह, सचिव सविन मानन्धर, कोषाध्यक्ष टिका नारायण मानन्धरलगायत संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीले शेयर सदस्यको आर्थिक उपार्जनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 




प्रतिक्रिया



थप समाचारहरु

 

नयाँ JAECOO J6T अब बनेपामा