व्यवसायी पलायन रोक्न पहल गर्छु : रविन्द्र वैदार


मेचीकाली

बनेपा–काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही जेठ १९ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । 

संघमा उद्योगी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये बलियो प्यानल मानिएको उद्योगी व्यवसायीहरुको साझा प्यानल राजन मानन्धर नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा परिचित व्यवसायी रविन्द्र वैदारले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 

संघको वर्तमान कार्यसमितिको महासचिव रहेका वैदारले व्यवसायी पलायन रोक्न पहल गर्ने, उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन् । व्यवसाय दर्ता तथा नविकरणलाई अनलाइन बनाउने बताउँदै उनले उद्योगी व्यवसायीको हकहितका लागि जिल्ला स्थित घरेलु तथा साना उद्योग तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै उद्योगी व्यवसायीलाई अनुदान, व्यवसायअनुसारको कर छुट र व्यवसायको प्रकृतिअनुसार जरिवानाको छुटका लागि पहल गर्ने बताएका छन् । व्यवसायलाई व्यवस्थित बनाउँदै पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने वैदारले बताए ।

वैदार २०६४ सालमा युवा उद्यमी मञ्च काभ्रेमा संलग्न हुँदै २०६६ सालदेखि २०७० सम्म मञ्चको अध्यक्ष भएका थिए । २०७० सालमा सहसचिवमा निर्वाचित भएका वैदार २०७४ मा सचिव र २०७७ मा महासचिव पदमा निर्वाचित भएका थिए । 

यस्तो छ वैदारको समूह

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम