नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट (पूर्णपाठसहित)


मेचीकाली

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गरे । 

नमोबुद्धले आगामी आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार, राजश्व बाँडफाँड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ३ करोड रहेको उपप्रमुख रत्नबहादुर लामाले बताए । यस्तै संघीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड रहेको छ भने अन्य आयतर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपैयाँ रहेको छ । 

यस्तै खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख ७ हजार ९ सय ९७ रुपैयाँ र पुँजीगत खर्च ५७ करोड ३८ हजार रहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम ४ करोड बजेट विनियोजन गरेको छ भने वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम २ करोड २० लाख बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले संघीय र प्रदेश सरकारको सहयोगमा सडक निर्माणका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ । जसमा नगर स्तरीय रिंगरोडको परिकल्पनाको सुरुवात गर्न श्यामपाटि काउसे आरुबारीचौर पुजारीटापु सडकका लागि संघीय सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा रकम  २ करोड ५० लाख बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ४ स्थित जयटार जनक मा.वि. चुवाने सडक थप कालोपत्रेका लागि २ करोड तथा बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर  स्थित कानपुर डाँडागाउँ हुँदै वि.पि. राजमार्ग सडकका लागि २ करोड बजेट विनियोजन गरिएको छ । यस्तै  बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर १० स्थित दाप्चा बसेरी सडक निर्माणका लागि रकम रु. २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ


प्रतिक्रिया



थप समाचारहरु