सिन्धु विकास बैंकले ल्यायो, 'सिन्धु महा मुद्दती धमाका' योजना


मेचीकाली

बनेपा- "सबै भन्दा अब्बल, पैसा हुन्छ डबल " नारासहित सिन्धु विकास बैंकले ५ वर्ष १० महिना अवधिमा साँवा रकमको दोब्बर हुने गरी व्यक्तिगत मुद्दती निक्षेप योजना "सिन्धु महा मुद्दती धमाका" संचालनमा ल्याएकोछ ।

 बैंकले उक्त योजना अन्तरगत ९ वर्ष ३ महिनामा साँवा रकमको तेब्बर, १३ वर्ष ७ महिनामा साँवा रकमको ५ गुणा तथा १९ बर्ष ५ महिनामा साँवा रकमको १० गुणा भुक्तानी हुने व्यक्तिगत मुद्दती निक्षेप योजनाहरु समेत सार्वजनिक गरेकोछ । बैंकले उक्त योजनाका लागी "सबै भन्दा अब्बल, पैसा हुन्छ डबल" भन्ने लोकप्रिय नारा समेत सार्वजनिक गरेकोछ । उक्त योजनामा सहभागी हुन कुनै पनि व्यक्तिले कम्तिमा रु.२५,०००/- जम्मा गर्नु पर्नेछ भने आवश्यक परेमा खातामा जम्मा भएको रकमको अधिकतम् ९० प्रतिशत रकम कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित  सिन्धु विकास बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सिमित बैंकिङ्ग ईकाइबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।


बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, SCT डेबिट कार्ड, SMS Banking. QR Code, C-ASBA सेवा, QR Teller सेवा जस्ता अत्याधुनिक बैकिङ्ग सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया



थप समाचारहरु