श्वेत गणेश बचत तथा ऋण सहकारी संस्थाको १९ औं सभा


मेचीकाली , 

बनेपा– बनेपा–८ मा रहेको श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार सम्पन्न गरेको छ । 

थोरै सदस्यसंख्या हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापनका कारण सफल सहकारीको उदाहरण प्रस्तुत गर्दै आएको सो संस्थाको सभामा ९० प्रतिशतभन्दा बढी सेयर सदस्यको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष त्रिरत्न मानन्धरले वार्षिक प्रतिवेदन, सचिव महेन्द्र बिष्टले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुन थापाले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिशरण बिष्टले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरे ।

३ सय २५ जना शेयर सदस्य रहेको संस्थाको शेयर २६ लाख ७५ हजार ७०० सय, निक्षेप १ करोड ६१ लाख ७५ हजार ७५८ र ऋण लगानी १करोड ८ लाख ४ हजार १९०रुपैयाँ रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

कहिले बन्ला बनेपाको शीत भण्डार ?