बनेपामा टिभिएसको नयाँ शोरूम


मेचीकाली

काभ्रे । निर्भीद मोटर्स प्राइभेट लिमिटेडले जिल्लाको बनेपा नगरपालिका-८, स्थित तिनदोबाटोमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष प्रताप वैद्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।


कार्यक्रममा वैद्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई सदैव साथ दिने प्रतिवद्धता जनाए । ब्यापारिक केन्द्र बनेपाको सौन्दर्य र वायु प्रदुषण न्यूनीकरणमा समेत विद्युतीय सवारीको खाँचो भएको उनले स्पष्ट पारे । निर्भीद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टिभिएस मोडेल उपलब्ध गराइने निर्भीद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले बताए । उनका अनुसार टिभिएस सवारीसाधनको प्रदर्शनसँगै शोरूमले स्पेयर पाट्र्स र सवारीसाधन मर्मत सम्भारसहितका सेवा प्रदान गर्नेछ ।


जगदम्बा मोटर्स प्रा.लीको नेपालमा टिभिएसका दुईपाँग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १ सय ५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको बताएका छन् । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपूर्जाको उपलब्धताका कारणनै टिभिएस नेपालको सर्वाधिक रुचाइएको टूह्वीलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको जगदम्बा मोटर्स प्रा.लीको भनाइ छ ।


प्रतिक्रिया



थप समाचारहरु