काभ्रेपलाञ्चोक-आज जुन १ अर्थात विश्व दूध दिवस, काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । “दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं“ "Boost Milk Consumption, Build Economy Sustainable" भन्ने नाराका साथ यो दिवस विश्व भरि नै मनाइदैँ छ ।
दुधको महत्वलाई विश्वव्यापीरुपमा दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइदैँ आइएको हो । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट यस दिवस मनाउन थालेको हो । दुधको फाइदा र महत्वका साथै दूधले स्थानीय अर्थतन्त्र र समुदायलाई कसरी फाइदा पु¥याउँछ भन्ने बारे सर्व साधारणमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन १ तरिकमा यो दिवस मनाईन्छ । काभ्रेपलाञ्चोक जिल्लाले समग्र बागमती प्रदेशमा दुध उत्पादनको क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । यस जिल्लालाई दुध उत्पादनको क्षेत्रमा आत्मनिर्भर जिल्लाकोरुपमा चिनिन्छ । जिल्लागत तथ्यांकलाई हेर्ने को भने करिव १४७८७४ गाई र करिव १३८४९९भैसी गरि कूल १४९२८० मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।
यसै सन्दर्भमा आज विश्व दुध दिवसको अवसरमा पशु सेवा कार्यलय धुलिखेल तथा धुलिखेल नगरपालिकाले संयुक्तरुपमा विभिन्न कार्यक्रम संचालन गरि भव्यताका साथ दिवस मनाएको छ । पशु सेवा कार्यालय धुलिखेल र धुलिखेल नगरपालिकाको आयोजनामा आज दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसंग अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो। धुलिखेल नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्लामा रहेका दुग्ध क्षेत्र सँग सम्बन्धित सरोवारवाला निकायहरु, पत्रकार महासंघ, काभ्रे लगातयका सहभागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पशु सेवा कार्यालयको तर्फबाट कार्यालय प्रमसख डा. सृजा वाग्लेले दुध दिवसको महत्वलाई दर्साउदै दुग्ध क्षेत्र सँग सम्बन्धित विविध विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन भने कृषकहरुको प्रतिनिधित्व गर्दै सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाबाट दोस्रो कार्यपत्र प्रस्तुति भएको थियो । साथै आयोजक कार्यालयहरुले धुलिखेल नगरपालिका तथा पशु सेवा कार्यालयमा सेवा लिन आउने सेवाग्राहिहरुलाई निशुल्क दुग्ध पदार्थ वितरण समेत गरेको थियो ।
दिवसको अवसरमा दुध तथा दुग्ध पदार्थको उत्पादन, पौष्टिक महत्व तथा उपभोगलाई प्रवद्र्धन गर्न धुलिखेल नगरपालिका, नगरकार्यपालिकाको कार्यालय र पशु सेवा कार्यालयले आगामी दिनहरुमा कार्यलयमा संचालन हुने सम्पूर्ण कार्यक्रमहरु ( गोष्ठी, सेमिनार, तालिम, वैठक)मा प्रयोग हुने खाजामा दुध तथा दुग्ध पदार्थहरुलाई उच्च प्राथमिकतामा राख्ने निर्यण गरिएको छ।। उक्त प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका स्थानीय बजार÷ पशुपालक कृषक÷ फर्म÷ संस्था÷ कम्पनी बाट उत्पादित दुध तथा दुग्ध पदार्थहरुलाई प्राथमिकता दिने समेत निर्णय गरिएको छ ।