काभ्रेपलाञ्चोक- प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन नजिकिँदै गर्दा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का उम्मेदवार अमि (अमित) लामा चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । लामाले आफु काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ बाट निर्वाचित भएपछि आफ्नो पाँच वर्षीय कार्यकालमा गर्न सक्ने कामहरुको बारेमा आफ्नो प्रतिवद्धता जनाएर मतदातासँग मत माग्दै आउनु भएको छ ।
लामाले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै आफ्नो पाँच वर्षको कार्यकालमा देशका लागि जनहितका कानुन संसदमा प्रस्ताव गर्ने, नयाँ ऐन बनाउने, संशोधन गर्ने, सरकारका काम कारवाहीमाथि प्रश्न, बहस, राष्ट्रिय नीति, योजना र बजेट निर्माणमा सक्रिय भूमिका, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, भ्रष्ट्रचार नियन्त्रणका विषय उठाउने र संसदीय कुटनीति, अन्र्तराष्ट्रिय सम्मेलन र मैत्री समूहमार्फत देशको हित प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यस्तै आफ्नो निर्वाचन क्षेत्र र भुगोलका लागि सडक, पुल, खानेपानी, सिञ्चाई, बिद्युत, सञ्चार, विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्य चौकी स्थापनामा पहल, बाढीपहिरो, भूमि समस्या, बसाईसराइ जस्ता मुद्दा सरकारमा पु¥याउने, क्षेत्र प्राथमिकताका परियोजनामा बजेट छुट्याउन दवाव दिने र स्थानीय, प्रदेश सरकारसँग मिलर दीर्घकालिन योजना बनाउने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले जनताको लागि जनगुनासो, माग र आवश्यकताको विषयहरु संसद र मन्त्रालयमा लैजाने, नियमित भेटघाट, सार्वजनिक सुनुवाई, नागरिक संवाद, महिला, दलितm जनजाति, अपाङ्गता भएका व्यक्ति र युवाको मुद्दा उठान गर्ने, सीप विकास, उद्योग, कृषि पर्यटनमा नीतिगत सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
त्यसैगरी लामाले राजनीतिक र नैतिक जिम्मेवारीतर्फ संविधान अनुसार काम गर्ने, इमान्दार, उत्तरदायी र जनमुखी भूमिका निर्वाह गर्ने, लोकतन्त्र मजबुत बनाउन आफ्नो ठाउँबाट काम गर्ने प्रतिवद्धता सार्वजनिक गर्दै जनताको घरदैलोमा पुग्नु भएको हो ।