यी हुन् काभ्रेमा महिला कर्मचारीमात्रै खटिने मतदान केन्द्रहरु


मेचीकाली

काभ्रे–फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको टुंगो लागेको छ । आज काभ्रेका दुबै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीहरुको टुंगो लगाएका हुन् । 

काभ्रेका दुई क्षेत्रमा गरी कुल ४ सय मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिनेछन् । एउटा केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र तीन जना सहयोगी कर्मचारी खटाइनेछ । यस्तै एकजना सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइनेछ । 

काभ्रेमा ४ सय मतदान केन्द्रमध्ये ३ वटा मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै मतदान सम्पन्न गराउने जिम्मा पाएका छन् । 

क्षेत्र नंवर १ को  धुलिखेल १० कालिका मावि शारदा वतासे 'ख' मतदान केन्द्रमा सबै कर्मचारी महिला रहेका छन् । यो केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डे, सहायक मतदान अधिकृत श्रद्दा शर्मा, सहायक कर्मचारीहरु चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना खटिने भएका छन् भने सहयोगी कर्मचारीको रुपमा सोनिका सुनार खटिनेछिन् । धुलिखेल नगरपालिका ९ स्थित करथरी मावि 'ख 'केन्द्रमा भने सहयोगी कर्मचारीबाहेक अन्य कर्मचारी महिलामात्रै रहेका छन् । यो केन्द्रमा मतदान अधिकृत सरिता लामा, सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारीमा सिता लामा, गोपिनी खड्का र गीता पुर्कुटीलाई खटाइएको छ ।  यो केन्द्रमा सहयोगी कर्मचारीको रुपमा नानीराम खनाललाई खटाइएको छ ।

क्षेत्र नंवर २ को का सञ्जीवनी मावि अड्डाबजार 'क' मतदान केन्द्रमा सबै खटिने कर्मचारी महिलामात्रै रहेका छन् । मतदान अधिकृत अमुना सुवाल, सहायक मतदान अधिकृत रिता अधिकारी रहेको यो मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा कविता पाण्डेय, मिना भोमी र सपना श्रेष्ठलाई खटाइएको छ । यस्तै सहयोगी कर्मचारीको रुपमा राधिका बोहरालाई खटाइएको छ ।

 यस्तै सञ्जीवनी माविकै अड्डाबजार 'ख' मतदान केन्द्रमा पनि सबै कर्मचारी महिलामात्रै रहेका छन् । यो केन्द्रमा मतदान अधिकृतको रुपमा निष्ठा कर्मचार्य र सहायक मतदान अधिकृतको रुपमा अस्मिता पौडेललाई खटाइएको छ । यो केन्द्रमा सहायक कर्मचारीको रुपमा प्रेक्षा खनाल, समीक्षा बसेल र महेश्वरी चन्द तथा सहयोगी कर्मचारीको रुपमा लक्ष्मी हुमागाईंलाई खटाइएको छ ।


प्रतिक्रिया



थप समाचारहरु