पाँचखालमा भीषण आगलागी, ४ वटा पसल पूर्णरुपमा नष्ट


मेचीकाली

पाँचखाल–काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ४ मा आगलागी हुँदा ४ वटा कपडा पसल जलेर नष्ट भएको छ । स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा बिहान सवा ६ बजे आगलागी भएको हो । 

आगलागीमा परी घरमा रहेका ९ वटा सटरका पसलमध्ये चारवटा सटरमा रहेका कपडा पसल जलेर पुर्णरुपमा नष्ट भएका हुन् । सोही घरमा रहेको तीनवटा होटल, एउटा मोबाइल पसल र एउटा मासु पशलमा आंशिक क्षति भएको छ । बिहान सात बजेतिर आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका थिए ।

 आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । आगलागीको कारणसमेत अहिलेसम्म खुल्न सकेको छैन ।


प्रतिक्रिया



थप समाचारहरु