काभ्रेमा यसरी मनाइयो भुकम्प सुरक्षा दिवस (भिडियोसहित)


मेचीकाली

काभ्रे– आज माघ २ गते अर्थात भुकम्प सुरक्षा दिवस । १९९० साल माघ २ गते शक्तिशाली भुकम्प गएको दिन हरेक वर्ष भुकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । सोही क्रममा २६ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काभ्रेको पाँचखालमा भुकम्पमा परेका नागरिकहरुको उद्धार सम्बन्धी जनचेतानामूलक ‘अभ्यास’ गरिएको छ । 

भुकम्प सुरक्षा दिवस जिल्ला मूल आयोजक समितिको आयोजनामा पाँचखालमा भुकम्पमा परी घाईते भएका तथा मृत्यु भएका व्यक्तिहरुको उद्धार सम्बन्धी नमूना अभ्यास आयोजना गरिएको हो । नमूना अभ्यास कार्यक्रममा शसस्त्र प्रहरी बल १५ नम्बर गण हेक्वा पाँचखालका सुरक्षाकर्मीले भुकम्पमा घर भत्किएर घाईते भएका बिरामीको उद्धार तथा प्राथमिक उपचार गरी अस्पताल लैजाने, भुकम्पमा घरभित्र घाईते अवस्थामा रहेका घाईतेहरुको उद्धार तथा भुकम्पमा मृत्यु भएका व्यक्तिको उद्धार सम्बन्धी नमूना अभ्यास गरेका थिए । कार्यक्रममा घाईते उद्धार गर्ने क्रममा भुकम्पको पराकम्प जाँदा सुरक्षाकर्मीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायतको विषयमा अभ्यास गरिएको थियो । 

कार्यक्रममा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले सशस्त्र प्रहरी बल १५ नम्बर गण र प्रहरी चौकी पाँचखालका  लागि विपद्को समयमा आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको थियो । 

भिडियो




प्रतिक्रिया



थप समाचारहरु