रोशी गाउँपालिकाद्वारा भूकम्प प्रभावित जिल्लालाई पौने सात लाख सहयोग


मेचीकाली

काभ्रे- काभ्रे जिल्लाको रोशी गाउँपालिकाले भूकम्प प्रभावित जिल्लालाई पौने सात लाख आर्थिक सहयोग गर्ने निणर्य गरेको छ । गाउँपालिकाले भूकम्प प्रवाहित जिल्लाहरूलाई आर्थिक सहयोग वापत ६ लाख ७४ हजार ४३६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको हो ।
गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार विहिबार कार्यपालिकाको अठारौँ बैठकले भूकम्प प्रवाहित जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निणर्य गरेको हो । कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रवाहित जिल्लाहरुका लागि सहयोग स्वरुप गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका जनप्रतिनिधिहरुको १५ दिनको सेवा सुविधा बराबरको रकम ३ लाख ६७ हजार २५०, अधिकृतस्तरका कर्मचारीहरुको २ दिनको तलब  र सहायकस्तरका कर्मचारीहरुको १ दिनको तलब बराबरको रकम २ लाख ७ हजार १८६ गरी कूल रकम ६ लखा ७४ हजार ४३६ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने  निणर्य भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । भूकम्पमा परि ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाईतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको लामाले बताए ।
रोशी गाउँपालिकाको कार्यपालिकाले भूकम्प प्रवाहित जिल्लालाई सहयोग गर्ने निणर्य भएबमोजिम कोषमा शुक्रबार रकम जम्मा गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया



थप समाचारहरु