धुलिखेल अस्पतालको ओपिडी सेवा विस्तार, शनिबार र अपरान्ह पनि सेवा


मेचीकाली

धुलिखेल-गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन भन्दै धुलिखेल अस्पतालले बहिरंग सेवा (ओपीडी) को सञ्चालन समयको विस्तार गरेको छ । 

बिहानी एवं दिउँसाेकाे समयमा कामकाजमा व्यस्त रहने सेवाग्रही (विशेषगरी कार्यालयमा सेवारत समूह) एवं उक्त समयमा कार्य-व्यस्तताका कारण अस्पतालसम्म आइ स्वास्थ्य सेवा लिन नसकेका सेवाग्रहीहरूलाई लक्षित गरी धुलिखेल अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हो । नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुने अस्पतालले आज पत्रकार सम्मलेन गरी जानकारी दिएको छ । यस अघि ओपीडी सेवा बिहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।

यसकाे अलावा धुलिखेल अस्पतालले विगत केही हप्तादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण बहिरंग सेवा (ओपीडी) सेवा लिन नपाएका सेवाग्रहीहरुलाइ दृष्टिगत गरी यस अस्पतालले शनिबार समेत बिहान ९:०० बजे देखि अपराह्न १:०० बजे सम्म बहिरंग सेवाहरूकाे थालनी गरिएको अस्पतालका निर्देशक प्रा.डा. बलराम मल्लले बताए ।

विस्तारित सेवा अर्थात् अन्य दिनका अपरान्ह सत्रकाे ओपीडी सेवा (४:०० देखि ६:०० बजे सम्म) र शनिबारीय बहिरंग सेवा (ओपीडी) सेवाहरूमा नेपाल सरकारको स्वास्थ्य बीमा सेवा लागु नहुने अस्पतालले जनाएको छ 


प्रतिक्रिया



थप समाचारहरु