पनौती नगरभित्र पाँच दिने नि:शुल्क आँखा शिविर


मेचीकाली

पनौती-पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघ को आयोजनामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल को प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर बुधबार पनौतीको रेडक्रस भवनबाट सुरु भएको छ ।

उद्योग वाणिज्य संघले बुधबार एक कार्यक्रम गर्दै निःशुल्क शिविर सञ्चालन गरेको हो। कार्यक्रमको सञ्चालन गर्दै काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले भन्नुभयो ,उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेको छ। पनौती नगरपालिकाले समन्वय र सहयोग गरेकोमा धन्यवाद भन्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नि:शुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पंछसेले सभापतित्व गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख भिम न्यौपाने , विशिष्ट अतिथि उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु लक्ष्मीलाल राजभण्डारी,दियेशरत्न शाक्य , उद्योग वाणिज्य संघका विशेष आमन्त्रित विशिष्ट सदस्य राजन मानन्धर ,काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा बागमती प्रदेश सदस्य कैलाश पलाञ्चोके, उद्योग वाणिज्य संघ पनौती संयोजक श्रीकृष्ण थापा, उद्योग वाणिज्य संघका कार्यकारी सदस्य  राजेश सुन्दर सैजु,  पनौती स्वास्थ्य शाखाका सह संयोजक अनिल ढुंगेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले भन्नुभयो काभ्रे उद्योग वाणिज्य संघको कार्यक्रम सकारात्मक छ। समाजमा यस्ता सामाजिक कार्यक्रम सबै संघ संस्थाले गर्दै जानू पर्छ भन्ने मान्यता आफुले राखेको , र पनौती नगरपालिकाले के गर्नु पर्छ सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पंसछेले भन्नुभयो काभ्रे उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जान्छ । सकारात्मक कामको लागि उद्योग बाणिज्य संघले जहिले पनि सहयोग र साथ दिन्छ भन्नुभयो ।

निः शुल्क आँखा शिविर पनौती नगरपालिकाको विभिन्न स्थानमा हुने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।

नि:शुल्क शिविर हुने स्थानहरु निम्न अनुसार छन्।

१.पौष २१ गते रेडक्रस भवन, पनौती बजार

२.पौष २३ गते कुशादेवि स्वास्थ्य चौकी ,कुशादेवी

३.पौष २४ गते सुन्थान प्राथमिक स्वास्थ केन्द्र ,सुन्थान

४.पौष २६ गते खोपासी प्राथमिक स्वास्थ केन्द, खोपासी

५.कलाती भुमिडाडा स्वास्थ्य चौकि ,भुमिडाडा


नि: शुल्क आँखा शिविरमा चस्मा र विभिन्न आँखा हाल्ने अौषधी पनि उपलब्ध गराउने र सामान्य समस्याको शिविरमा नै समाधान हुने पनौती शाखाका स्वास्थ संयोजक अनिल ढुंगेलले बताउनुभयो । माथि उल्लेखित  मिति समय र स्थानमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले शिविरको फाइदा लिइ स्वास्थ लाभ लिन हुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध काभ्रे उद्योग वाणिज्य संघले गरेको छ ।

प्रतिक्रिया



थप समाचारहरु