काभ्रे– लामो समयदेखि चलेको आर्थिक मन्दीको असर घरजग्गाको कारोबारमा प्रत्यक्षरुपमा देखिएको छ । अघिल्लो वर्षको तुलनामा काभ्रेमा घरजग्गाको कारोबार झनै घटेको छ । केही वर्षयता काभ्रेमा निरन्तर घरजग्गाको कारोबारमा कमी आइरहेको छ ।
जिल्ला मालापोत कार्यालयको चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष घरजग्गा कारोवारमा गिरावट आएको पाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा कार्यालयबाट दुई हजार ३६७ वटा लिखत पास भएको छ । यो अवधिमा जग्गा फुकुवा दुई हजार ९८ वटा, जग्गा दर्ता १०९ कित्ता, नामसारी २५१ वटा, दाखिल खारेज ७७ वटा, दाखिल संशोधन १७० वटा हाल साविक १९० वटा, जग्गा रोक्का दुई हजार ५८५ कित्ता, मोही हक नामसारी सात वटा, मोही लगत कट्टा चार वटा, गुठी अधिनस्थ जग्गाको लिखत पारित ८० वटा र गुठी अधिनस्थ जग्गाको नामसारी २द्द वटा गरिएको मालपोत अधिकृत दिपक कोईरालाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरजग्गा रजिष्ट्रेशन वापत १६ करोड दुई लाख १२ हजार ५८८ तथा लाभकर र आयकर गरी दश करोड पाँच लाख २० हजार ७१६ गरी कूल २६ करोड सात लाख ३३ हजार ३०४ रपियाँ राजस्व सङ्कलन भएको छ । यो अवधिमा कार्यालयले प्रदेश सरकारका लागि पाँच करोड ५२ लाख ६२ हजार ५२७ रुपैयाँ र जिल्लामा रहेका स्थानीय तहहरुका लागि सात करोड ९४ लाख २८ हजार ७९० रुपैयाँ राजस्व बाँडफाँड गरेको छ ।
प्रमुख मालपोत अधिकृत कोईरालाले गत वर्षको पहिलो चार महिनाको तुलनामा चालु आवको पहिलो चार महिनामा घरजग्गा कारोवारमा गिरावट आएको बताउनुभयो । गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको पहिलो चार महिनामा लिखत पास नै दुई ९३५ वटा कम भएको छ । गत आवको कात्तिक मसान्तसम्म पाँच हजार ३७६ वटा लिखत पास भएको थियो ।
यस्तै आर्थिक वर्ष २०८०÷०८१ को कात्तिक मसान्तसम्म लिखत पारित दुई हजार ८२४ वटा, जग्गा फुकुवा दुई हजार २८० कित्ता, जग्गा दर्ता चार कित्ता, नामसारी २९३ कित्ता, दाखिल खारेजी ८० वटा, संशोधन २४१ वटा, हाल साविक २८४ कित्ता, जग्गा रोक्का दुई हजार ९३९ कित्ता, मोही हक नामसारी छ वटा, मोही लगत कट्टा आठ वटा, गुठी अधिनस्थ जग्गाको लिखत पारित ९९ वटा र गुठी अधिनस्थ जग्गाको नामसारी ११ वटा भएको थियो । उक्त अवधिमा जग्गा रजिष्ट्रेशन सेवा शुल्क वापत १८ करोड छ लाख ८५ हजार ७३६ रुपैयाँ, लाभकर र आयकर वापत नौ करोड ४२ लाख ५० हजार ५९१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको पहिलो चौमासिकमा प्रदेशतर्फ छ करोड २द्द लाख ९४ हजार ६९१ रुपैयाँ, स्थानीय तहका लागि नौ करोड ३४ लाख ४२ हजार ३५ रुपैयाँ गरी कुल २७ करोड ४९ लाख ३६ हजार ३२७ रुपैयाँ राजस्व बाँडफाँड गरेको थियो ।
कुन स्थानीय तहले कति पाए ?
गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवको पहिलो चौमासिकमा राजस्व सङ्कलनतर्फ एक करोड ४२ लाख तीन हजार २३ रुपैयाँ कम भएको मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
मालपोत कार्यालयले चालु आर्थिक वर्षको मसान्तसम्मको राजस्व सङ्कलन गरेपनि स्थानीय तहगत रुपमा कात्तिक महिनाको राजस्व पठाउन बाँकी रहेको जनाएको छ । कार्यालयले असोज मसान्तसम्म बनेपा नगरपालिकामा तीन करोड ५५ लाख ८७ हजार ५५१ रुपैयाँ, धुलिखेल नगरपालिकामा एक करोड ५६ लाख २२ हजार ४६ रुपैयाँ, भुम्लु गाउँपालिकामा चार लाख ५९ हजार २८ रुपैयाँ, चौरीदेउराली गाउँपालिकामा एक लाख ६४ हजार ६७४ रुपैयाँ, नमोबुद्ध नगरपालिकामा ४८ लाख ८५ हजार ६६१ रुपैयाँ राजस्व रकम पठाएको छ । यस्तै मण्डनदेउपुर नगरपालिकामा ९४ लाख ५९ हजार ६१२ रुपैयाँ, बेथानचोक गाउँपालिकामा नौ लाख एक हजार ५०७ रुपैयाँ, खानीखोला गाउँपालिकामा एक लाख २२ हजार २०५ रुपैयाँ, रोसी गाउँपालिकामा दश लाख ५४ हजार ७४९ रुपैयाँ, तेमाल गाउँपालिकामा तीन लाख ३० हजार ७०५ रुपैयाँ रकम पठाएको छ ।
त्यस्तैगरी महाभारत गाउँपालिकामा दुई लाख ४३ हजार ४४८ रुपैयाँ, पनौती नगरपालिकामा ८२ लाख ७७ हजार ४४३ रुपैयाँ र पाँचखाल नगरपालिकामा एक करोड २३ लाख ४छ हजार ९६८ रुपैयाँ घरजग्गा रजिष्ट्रेशन शुल्क वापत सङ्कलन भएको राजस्व रकम बाँडफाँड गरेको कार्यालयले जनाएको छ ।