आइजिपी रनिङ ट्रफी : एपिएफ स्कुल, काष्ठमाण्डप स्कुल र ल्याबरोटरी स्कुल विजयी


मेचीकाली

साँगा-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको पाचौ  दिनको खेलमा नेपाल एपिएफ स्कुल किर्तिपुर, काष्ठमाण्डप स्कुल र ल्याबरोटरि स्कुल  विजयी भएका छन्।

आज भएको पहिलो खेलमा नेपाल एपिएफ स्कुलले नेपाल पुलिस स्कुल सामाखुसिलाई ७-० को विशाल अन्तरले हरायो। एपिएफका लागी तेन्जिंग शेर्पा एक्लैले ५ गोल गरे। रोहित गोलेले १-१- गोल थपे। तेन्जिंग शेर्पा म्यान अफ दि म्याच घोषित भए ।

आजै भएको दोस्रो खेलमा काष्ठमाण्डप स्कुलले एसओएस पनौतिलाई ४-३ गोल अन्तरको जित निकालेको छ। विजयी टिमको लागि सिद्दार्थ बस्नेत एक्लैले तिन गोल गरे र एक गोल एसओएस तर्फबाट आत्मघाती भएको थियो। एसओएसका लागि पेम्वा दोङ्गले तिन गोल गरे तर त्यो जितका लागी पर्याप्त हुन सकेन । विजयि टिमका सिद्दार्थ बस्नेत  म्यान अफ दि म्याच घोषित भए । 

आजै भएको तेस्रो खेलमा  खेलमा ल्याबरोटरि स्कुलले नेपाल पुलिस स्कुल टिम 'बि' विरुद्द ३-० को सहज जित निकालेको छ। विजयि टिमका लागि विज्ञान खड्काले २ गोल र म्यान अफ दि म्याच निशान बुढाथोकीले १ गोल गरे।

भोलि छैटौ दिन पनि लिगका तिन खेल हुनेछन्, जसमा एनपिएस धरानले बुडानिलकण्ठ स्कुलको, जेम्स स्कुलले ग्रेसल्याण्ड स्कुल सागाँको र स्प्रिङ हिल स्कुल नालाले सैनिक आवसिय महाविधालयको सामना गर्नेछन।


प्रतिक्रिया



थप समाचारहरु