इन्दिरा दीक्षितको “परदेशी मित्र“ कथा सङ्ग्रह सार्वजनिक


मेचीकाली

काठमाडौ-कथाकार इन्दिरा दीक्षितद्वारा लिखित कथा सङ्ग्रह “परदेशी मित्र“ सार्वजनिक गरिएको छ ।

बरिस्ठ साहित्यिक पत्रकार, नियात्राकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यतामा कथा सङ्ग्रह सार्वजनिक गरिएकोे हो । कार्यक्रममा मन्तव्य राख्दै श्रेष्ठले कथाकार दीक्षितको कथा कृतिको सफलताको कामना गर्दै  निरन्तरताको साधनाले श्रस्टाको लेखनीमा उचाई थपिने बताएका छन् । उक्त कृतिमाथि समालोचकहरु डा.लेखप्रसाद निरौला तथा डा. ज्ञानु अधिकारीले समिक्षा गरेका थिए ।

उनीहरुले दीक्षितलाई कथामा अत्यन्तै सम्भावना बोकेकी कथाकारको रुपमा चर्चा गर्दै कथाहरुमा पाइएको प्रवृत्तिको चर्चा समेत गरेका थिए । कार्यक्रममा उप–प्राध्यापक एवं समालोचक डा.विदुर चालिसेले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता भुडीपुराण प्रकाशनका निर्देशक केशब पराजुलीले गरेका थिए भने सन्चालन यादव भट्टराईले गरेका थिए ।

कार्यक्रममा लोकार्पित कथा सङ्ग्रहका कथाकार दीक्षितले कथा लेखनको गर्भविधान सहित आफ्ना कुराहरु राखेकी थिइन् । कार्यक्रममा साहित्यकार प्रदीप सापकोटा, बसन्तराज अज्ञात, उमा दाहाल लगायतको उपस्थित रहेको थियो । यसअघि दीक्षितका “सम्बन्धका घुम्तिहरु“ कथा सङ्ग्रह  र “विरचित पाइलाहरु“ नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन ।

प्रतिक्रिया



थप समाचारहरु