सार्वजनिक चासोको सूचनामा समान वितरण नभएको पत्रकारहरुको गुनासो


मेचीकाली

बनेपा-काभ्रेपलाञ्चोक जिल्लामा कार्यक्षेत्र बनाएर कार्यरत युवा पत्रकारहरुले सार्वजनिक चासोको सूचनामा समान वितरण नभएको उल्लेख गरेका छन् । 

एकाउन्टबिलिटी ल्याब नेपालले आयोजना गरेको अन्तरकृयामा युवा पत्रकारले सूचनामा समान वितरण हुन नसकेको उल्लेख गरेका हुन् । बनेपामा आायोजित कार्यक्रममा उनीहरुले सूचनाको पँहुच, त्यसको उपभोग,विस्तार र त्यसको महत्वको बारेमा समानता हुन नसकेको उल्लेख गरे । अन्तरकृयामा राष्ट्रिय,स्थानीय संचारमाध्यमसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो । उहाँहरुले सार्वजनिक महत्वको सूचना लुकाउने, आफ्नो फाईदाको सूचनालाई प्रचार गर्न खोज्ने, सूचना सहज नपाउने, कानुनी रुपमै माग्नु पर्ने बाँध्यताको सृजना गराउने, काम भइरहेको उल्लेख गर्नुभयो । 

ठेक्कापट्टाको सूचना सहयोग सामाग्री हस्तान्तरणको सूचना दिन नै अप्ठारो मान्ने गरेको उहाँहरुको भनाईरहेको छ । सूचना अधिकारीको भुमिका पनि निक्कै कमजोर देखिएको र सूचना लुकाउने समस्या धेरै उहाँहरुको गुनासो छ । जसको कारणले आम मानिसले सहज रुपमा सूचना पाउन नसकेको उहाँहरुले उल्लेख गर्नुभयो । 

सामाजिक संञ्जालको पँहुचमा रहने र नियमित सरकारी कार्यालयमा जानेले सूचना पाउने आम सर्वसाधारणले सूचना नपाउने परिपाटी रहेकाले त्यसमा सरकारी निकायले ध्यान पु¥याउन आवश्यक रहेको पाइएको छ । सौर्य दैनिकमा कार्यरत सुकदेव थपलियाले सूचना मानिसको शरिरको रक्तनली जस्तै भएको उल्लेख गर्नुभउो । प्रचार गर्नु परेमा समाचार बनेर आउने तर आवश्यक सूचना लुकाउने प्रचलन रहेकाले त्यसले राम्रो नगर्ने उहाँले सुझाव दिनुभयने । 

सूचना हक भएपनि सकारात्मक प्रचारात्मक सूचनाको बाहुल्यता रहेको छ । मणीराम दाहालले सूचना पाउन निक्कै सकस रहेको बताउनुभयो । सार्वजनिक महत्वका सूचना पाउन सकिदैन नसक्ने र सामाजिक संञ्जाल पनि नियमित रुपमा अपडेट समेत नहुने गरेको जानकारी दिनुभयो । 

बेथानचोक खबरका सुरज श्रेष्ठले सूचना सदैव व्यक्ति केन्द्रीत भएकाले समस्या बढेको जनाउनुभयो । उहाँले सामुहिक र बराबर रुपमा पाउनु पर्ने सूचना एक एक व्यक्तीले पाउने अवस्था सृजना गराएको जानकारी दिनुभयो । 

 सूचनामा गलत तथ्याङ्क र मिथ्या हल्लाको प्रयोग भएको छ ।तर पत्रकार स्वयंले पनि त्यसबारे अध्ययन र पुनः पुष्टि गर्न सकिरहेका छैनन् । जसको कारणले गलत सूचनाको सिकारमा आम नागरिक परिरहेको उहाँले बताउनुभयो । 

सन्तोष चौलागाईले सूचनाको हक प्रयोग गर्ने बानी हामीमा नभएर सर्वसाधारणले पनि सही र तथ्यपरक सूचना पाउन नसक्नु समस्याको बिषय रहेको बताउनुभयो ।  पुजन धितालले सूचना मरिरहेको बताउँदै काभ्रेबाट नक्कली नागरिकता बनेको पुर्ण सूचना अहिलेसम्म नआएको उल्लेख गर्नुभयो । 

सकारात्मक सूचना आफै बनाएर पठाउने तर खोजिका बिषयका बारेमा भने सूचना लुकाउन खोज्ने परिपाटी विकास भएको सहभागीले उल्लेख गर्नुभएको छ ।  सूचनामा सबै वर्ग र समुदायको समान पँहुच आवश्यक रहेको उहाँहरुको सुझाव रहेको छ । कम्युनिटी फन्र्ट लाईन एक्टिभिष्ट केशवराज पौडेलको सहजीकरणमा भएको अन्तरकृयामा सूचनाको आवश्यकताको बारेमा समेत छलफल गरिएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु