एसईई सकेर बसेका विद्यार्थीलाई तालिम दिँदै अनेरास्ववियु काभ्रे


मेचीकाली

बनेपा–विद्यार्थीको हकहितका लागि निरन्तर बहस पैरवी र आन्दोलन गर्दै आएको अनेरास्ववियु काभ्रेले रचनात्मक कामलाई पनि निरन्तरता दिएको छ । सोही क्रममा अनेरास्ववियुले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै तालिम सञ्चालन गर्ने भएको छ । 

अनेरास्ववियु काभ्रेले सुपरनोभा तालिम केन्द्रसँगको सहकार्यमा विद्यार्थीहरुका लागि १० दिने तालिम गर्न लागेको हो । वेटर वारिष्टा लगायत होटल व्यवस्थापनसम्वन्धी तालिम आगामी वैशाख १० गतेदेखि सुपरनोभा तालिम केन्द्रमा सञ्चालन हुने अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमले जानकारी दिए । उनका अनुसार तालिमका लागि वैशाख २ गतेदेखि फाराम भर्न सकिनेछ । 

तालिम सञ्चालन सम्वन्धी सम्झौतामा अनेरास्ववियुको तर्फबाट जिल्ला कमिटी अध्यक्ष मिलन कुमार गौतम र  सुपर नोभा तालिम केन्द्रको तर्फबाट सञ्चालक मोहन गजुरेल ले हस्ताक्षर गरेका छन् । देशमा वढ्दै गईरहेको बेरोजगारी समस्यालाई न्युनिकरण गर्नुका साथै  दक्ष जनशक्ति उत्पादन गर्न  तालिम सुरु गर्न लागिएको अध्यक्ष गौतमले बताए । यसले विद्यार्थीलाई स्वाबलम्वी र आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको गौतमको भनाई छ । 

अनेरास्ववियु काभ्रेले एसईईको समयमा विद्यार्थीहरुको सहयोगका लागि हेल्पलाइन नंवर उपलव्ध गराएको थियो भने अहिले धुलिखेलमा लेखा विषयको ट्युसन समेत निःशुल्क सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु