एकै दिन मण्डनदेउपुरको बाह्रै वडामा पुग्यो राष्ट्रिय युवा संघ


मेचीकाली

मण्डनदेउपुर- राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी यतिबेला २ महिने अभियानको अन्तिम चरणमा पुगिरहेको छ । संघको जिल्ला कमिटीको तेस्रो पूर्ण वैठकले निर्णय गरेर अगाडी वढेको अभियान जिल्लाभरका १३ पालिकामा संचालन भैरहेको छ । त्यस क्रममा मण्डनदेउपुरले चैत्र १० गते शनिबार एकै दिन नगरस्थित १२ ओटै वडाहरुमा एकसाथ वैठक, भेला र अधिवेश सम्पन्न गरेको हो । 

जिल्लाको सर्कुलर अनुसार राष्ट्रिय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटीको वैठकले निर्णय गरेर १० गतेलाई अधिवेशनको समयावधि पुगेका वडाहरुमा अधिवेशन, समय बाँकी रहेका वडाहरुमा भेला तथा वैठक राख्ने निर्णय गरेको थियो । 

त्यसको लागि उत्प्रेरकको रुपमा वडा नं. १ मा दिलकुमार श्रेष्ठ, २ मा विजय घिसिङ, ३ मा अनिल तामाङ, ४ मा सुमन ढकाल, ५ मा शन्तोष ढकाल, ६ मा बिनोद ढकाल, ७ मा शन्तोश राई, ८ मा सुशिला हमाल, ९ मा नवराज भण्डारी, १० मा रुपक लम्साल, ११ मा ऋषिराम सापकोटा र वडा नं. १२ मा नविन पराजुलीलाई जिम्मेवारी तोकेको थियो । 

जिम्मेवारी अनुसार नगस्थित सबै वडाहरुमा मण्डनको युवा संघ पुगेको छ । त्यस अनुसरा केहि वडा भेला सम्पन्न भएको छ भने केहि वडाको भब्य रुपमा अधिवेशन भएको बाँकी केहि वडाहरुमा नियमित वैठक राखी चैत्र महिना भित्र अधिवेशन सम्पन्न गर्ने गरी अगाडी वढेको संघका नगर अध्यक्ष सुमन ढकालले बताए । 

एकै दिन १२ वडामा राष्ट्रिय युवा संघले कार्यक्रम राखिरहँदा संघका जिल्ला इन्चार्ज होमप्रसाद चौंलागाँईं सहित नगरस्थित पार्टी नेताहरु शेरबहादुर डोटेल, तुलसी नेपाल, रुद्रबहादुर तामाङ लगायतका नेताहरु नगरको विभिन्न वडामा पुगेको बताइएको छ । 



प्रतिक्रिया



थप समाचारहरु