काभ्रे–नेपाल ज्योतिष परिषद काभ्रेको छैटौं जिल्ला अधिवेशनले ज्योतिष नवराज ढकालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । आज बनेपामा सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, टंकप्रसाद दाहाल र शिवकुमार खतिवडा, सचिवमा लालप्रसाद पौडेल, सहसचिवमा हरेराम बजगाईं र इन्द्रप्रसाद तिमल्सिना तथा कोषाध्यक्षमा सविना तामाङ र सहकोषाध्यक्षमा नविनप्रसाद तिमल्सिना निर्वाचित भए । यस्तै सदस्यहरुमा भुवनेश्वर तिमल्सिना, परमेश्वर सापकोटा, डिल्लीराम चौलागाईं, यादवप्रसाद चौलागाईं, दुर्गाप्रसाद दाहाल, निर्मला पराजुली भट्टराई, रविकराज कायस्थ, पुष्पा माता र रत्नप्रसाद बञ्जारा निर्वाचित भएका थिए ।
कार्यक्रम परिषदका जिल्ला अध्यक्ष सरोज खतिवडाको सभापतित्व तथा केन्द्रीय कार्यकारी अध्यक्ष कमलप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।