काभ्रे अदालतद्धारा छयालिस प्रतिशत मुद्धाको फर्स्यौट


मेचीकाली

धुलिखेल– काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा अदालतमा दर्ता भएकामध्ये ४६ प्रतिशत मुद्धाको  फर्स्यौट  गरेको छ । अदालतमा दरबन्दी अनुसारको न्यायाधिश नहुनु, सिमित स्रोत साधन र कोरोना तथा स्थानीय निर्वाचनका कारण मुद्धा  फर्स्यौट  कार्य प्रभावित बनेको अदालतले जनाएको छ । अदालतले आर्थिक वर्ष २०७८÷०७९ मा एक वर्षको अवघिमा अदालतमा दर्ता भएकामध्ये ४६ दशमलव ७६ प्रतिशत मुद्धाको फछ्र्यौट भएको जनाएको छ । अदालतमा दरबन्दी अनुसार एक जना न्यायाधिशको दरबन्दी खाली हुनु, कोभिडका कारण सेवा प्रवाह गर्न नसक्नु र स्थानीय तहको निर्वाचनका कारण समेत मुद्धा  फर्स्यौटमा कमी भएको अदालतले जनाएको छ । 

अदालतका स्रेस्तेदार गोविन्द प्रसाद घिमिरेले अदालतले एक वर्षको अवधिमा अदालतमा दर्ता भएका दुई हजार ९३६ मुद्धामध्ये एक हजार ३७३ वटा मात्रै फछ्र्यौट भएको बताउनुभयो । उहाँले गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका एक हजार २२२ मुद्धामध्ये ६६४ वटा मुद्धा र आर्थिक वर्ष २०७८÷०७९ मा दर्ता भएका एक हजार ७१४ मुद्धामध्ये ७०९ वटा मुद्धा मात्रै फछ््र्यौट भएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८÷०७९को असार मसान्तसम्म दर्ता भएका मध्ये एक हजार ५६३ वटाको मुद्धा आर्थिक वर्ष ०७९÷०८० का लागि जिम्मेवारी सरेको बताउनुभयो । 

स्रेस्तेदार घिमिरेले फछ्र्यौट भएका मुद्धामध्ये दुनियावादी देवानीतर्फका ९७४, दुनियावादी फौजदारीतर्फका १९६ वटा, सरकारीवादी फौजदारीतर्फका १८८ वटा, निषेधाज्ञा र रीट निवेदनतर्फ ११ वटा र पुनारावेदनपत्रतर्फका चार वटा मुद्धा रहेको बताउनुभयो । उहाँले अदालतले एक वर्षको अवधिमा छ महिनाभित्रका ४०३, छ देखि एक वर्षभित्रका ३०६, एक वर्षदेखि डेढ वर्षभित्रका २२५ वटा, डेढ वर्षदेखि दुई वर्षभित्रका २७७ वटा मुद्धाको फछ्र्यौट गरेको बताउनुभयो । अदालतमा फछ्र्यौट हुन बाँकी रहेका मुद्धामध्ये छ महिनाभित्रका ७७९ थान, छ देखि एक वर्षभित्रका २२७, एक वर्षदेखि डेढ वर्षभित्रका २०४ थान, डेढ वर्षदेखि दुई वर्षभित्रका १४७ र दुई वर्ष नाघेका २०६ थान मुद्धाको जिम्मेवारी चालु आर्थिक वर्षका सरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु