‘मिसन ग्रासरुट’ मार्फत काभ्रेका टोल–टोल एमालेमय हुँदै, को को कहाँ खटिँदैछन् ?


मेचीकाली

काभ्रे–प्रदेश र प्रतिनिधिसभा निर्वाचन तीन महिना वितेलगत्तै नेकपा एमाले संगठन विस्तार र सुदृढिकरणका लागि गाउँ पसेको छ । 

मिसन ग्रासरुट नाम दिइएको दुई महिना लामो अभियान बोकेर एमाले गाउँ पसेको हो । दुई महीने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तर्क्रिरया गर्ने एमालेले जनाएको छ । यससँगै पार्टीभित्रको अन्तर्विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र हल गरिने भएको छ । 

काभ्रेमा पनि अभियान सुरु भइसकेको छ । अभियानअन्तर्गत अहिले पालिकास्तरीय तयारी बैठकहरु भइरहेका छन् । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ । जिल्लामा पनि पदाधिकारीले जिम्मेवारी पाएर गाउँगाउँमा पुगेका छन् । काभ्रेमा पदाधिकारीसँगै जिल्ला सदस्यलाई स्थानीय तहमा खटाइएको छ । पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुगेर जनताका समस्याका बारेमा जानकारी लिनेछन् । यस अभियानले पार्टीलाई थप बलियो एवं सुदृढ बनाउने विश्वास एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए । सदस्यता विस्तार, संगठित सदस्यको नविकरण र पार्टीको आन्तरिक जीवनको बिषयमा छलफल गर्नेछन् ।

सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको उपसचिव रिता ढकालले बताइन् । 

काभ्रेमा को को खटिए ?

काभ्रेमा केन्द्रीय प्रतिनिधिको रुपमा ६ जना नेतालाई खटाइएको छ । जसमा पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल पनौती नगरपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा खटिनेछन् । यस्तै केन्द्रीय कमिटी सदस्य गणेश पहाडी बेथानचोक र रोशी गाउँपालिका, केन्द्रीय कमिटी सदस्य विद्यासुन्दर शाक्य बनेपा र धुलिखेल नगरपालिकामा खटिनेछन् । यस्तै केन्द्रीय कमिटी सदस्य नारायण सिलवाल चौरीदेउराली र भुम्लु गाउँपालिका, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा केन्द्रीय सदस्य यमवहादुर परियार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा खटिनेछन् । 

यसका साथै जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु पनि पालिका र वडास्तरसम्म परिचालन हुनेछन् । एमाले काभ्रेको पूर्ण बैठकले यसका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ । 

जिल्लामा खटिएका नेताहरु यी हुन्


प्रतिक्रिया



थप समाचारहरु