प्रमुख जिल्ला अधिकारीलाई अनेरास्ववियु काभ्रेको ज्ञापनपत्र


मेचीकाली

धुलिखेल-यातायातमा विद्यार्थी सहुलियत कार्यान्वयनसहितका माग राखेर अनेरास्ववियु काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमको नेतृत्वमा गएको संगठनको टोलीले आज आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको भन्दै त्यसलाई नियन्त्रणको माग गरिएको छ ।

'सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुलबसहरुले ८०–९० जना विद्यार्थी बोक्ने गरेको दु:खद परिस्थिति छ' ज्ञापनपत्रमा भनिएको छ, 'अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा बस शुल्क उठाउने विद्यालयले विद्यार्थीहलाई भने त्यो अनुरुपको सेवा दिएको छैन । केहि स्कुल बसमा विद्यार्थीहरुलाई ढोकामा झुण्डाएर समेत बोक्ने गरेको पाइएको छ । बसमा उब्बिने समेत ठाँउ नहुने गरि विद्यार्थी बोक्नु दु:खद अवस्था हो। क्षमता भन्दा बढी विद्यार्थी बोकेर बस निर्वाद गुड्ने गरेका छन् तर त्यसतर्फ ट्राफिक प्रहरी र प्रशासनले समेत वास्ता नगरेको सन्दर्भमा अनेरास्ववियु काभ्रेपलाञ्चोकको गम्भीर ध्यानाकर्षण भएको छ।'


साथै, अरनिको यातायात , जुगल यातयात लगायत अन्य सवारी साधनले विद्यार्थीको परिचयपत्रको आधारमा ४५% छुट दिन समेत आनाकानी गर्ने गरेको गुनासो आइरहेको ज्ञापनपत्रमा उल्लेख छ । अनेरास्ववियु काभ्रेलेले यथाशीघ्र ट्राफिक प्रहरी सहितको अनुगमन टोलीलाई जिल्लाका सडकमा परिचालन गरि क्षमता भन्दा बढि विद्यार्थी बोक्ने सवारी साधन र विद्यालयलाई तुरुन्तै कारवाहि गर्न एवम् ४५% छुट सुबिधा नदिएका यातायात व्यवसायीलाई नियमानुसार कार्बाहिको दायारामा ल्याउन माग समेत गरेको छ ।

यस्तो छ ज्ञापनपत्र :

प्रतिक्रिया



थप समाचारहरु

 

भालचन्द्र माविको भवन उद्घाटन