अब राजा त श्रीस्वस्थानीमा मात्रै आउछँन्ः गोकुल बाँस्कोटा


मेचीकाली

काभ्रे - नेकपा एमालेका पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा सांसद गोकुल बाँस्कोटाले राजा त अब उही श्रीस्वस्थानीको कथामा मात्रै आउने बताउनु भएको छ । 

पार्टीको मण्डनदेउपुर नगरपालिका वडा नं. १ र २ ले कमिटिले संयुक्तरुपमा नगरकोटमा आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैं नेता बाँस्कोटाले भन्नुभयो छोरो र छोरीमा समेत विभेद गर्ने राजतन्त्र फर्कने कुरा गलत हो ।

लोकतन्त्रमा नेताको विकल्प फेर्न सकिएका तर, राजतन्त्रमा राजाको विकल्प हुदैंन त्यसले राजा र राजतन्त्र आउने कुरा भ्रम भएको उहाँको भनाई छ । नयाँ आएका राजनीतिक दलको विरोध नै गर्न नहुँने परिपाटी उनिहरुलाई भगवान मान्नु पर्ने जस्तो भएको नेता बाँस्कोटाको भनाई छ । 

नेकपा एकिकृत समाजवादीमा लाग्नू भएकाहरु हुदैं नभएकाको पार्टीमा बस्नुभन्दा एमालेमै फर्कनु उत्तम हुन्छ, त्यसलै आउनुहोस् भविष्य खेर नफाल्नुस्, उहाँले भन्नु भो । नेपाली कांँग्रेसले एक्ले लड्न सक्ने सार्मथ राख्नु पर्ने नेता बाँस्कोटाको भनाई छ । हातमा त बैशाकी भयो भयो खुट्टामा समेत नलगाउनु उहाँले काँग्रेसलाई हाग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा एमालेका नेताहरु रिता ढकाल, विदुर सापकोटा, शेरबहादुर डोटेल, रुद्र तामाङ, राधाकृष्ण बस्ताकोटीलगायतको शुभकामना व्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु