रहेनन् मुकेश कायस्थ, शहीद घोषणा गर्न बाँस्कोटाको माग


मेचीकाली

बनेपा- दोस्रो जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन भएको छ। स्वासप्रस्वासमा समस्या भएपछी केही दिन अगाडि शीर मेमोरियल अस्पताल लगिएका कायस्थको हिजो साँझ ७:३० बजे उपचारकै क्रममा निधन भएको हो ।

जनआन्दोनल २०६२/०६३ का क्रममा २०६२ चैत २७ गते कायस्थलाई काभ्रेको बनेपामा गोली लागेको थियो। त्यतिबेला उनी १५ वर्षका थिए।  आन्दोलन दबाउनका लागि प्रहरीले चलाएको गोली लागेर अचेत भएका कायस्थलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। कञ्चटमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो। जसका कारण उनी हिँडडुल समेत गर्न सक्दैनथिए। 

काभ्रेको बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते थिए। १७ वर्षससम्म अर्धचेत अवस्थामा बाँचेका मुकेशको उपचारका लागि सरकारले मासिक रुपमा खर्च दिँदै आएको थियो। 

कायस्थको आज अन्त्येष्टि गरिँदैछ । त्यसअगाडि बनेपा नगरपालिकामा उनको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि राखिँदैछ ।

सहिद घोषणा गर्न बास्कोटाको माग

यसैबीच काभ्रे क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले मुकेश कायस्थलाई जनआन्दोलनका सहिद घोषणा गर्न माग गरेका छन् ।

आज बिहान कायस्थप्रती श्रद्धाञ्जली अर्पण गर्दै बाँस्कोटाले फेसबुकमा लेखेका छन् :जनआन्दोलन ०६२-६३ का जिउदा शहीद मुकेस कायस्थको असामयीक निधनको खवरले स्तब्ध भएको छु।उहाको परिबरले एक सदस्य गुमाएको होईन,देशलेएक हनोहार योद्दा गुमाएको छ र समाजले एक प्रेरणा अनि परिवर्तनको ज्युदो युवा।शोकको यस दुखद क्षणमा म स्वर्गीय मुकेस कायस्थ प्रति भावपुर्ण श्रद्दासुमन अर्पण गर्दछु र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।सरकारसंग स्वर्गीय मुकेश कायस्थलाई जनआन्दोलनको शहीद घोषणा गर्न माग पनि गर्दछु।मुकेश कायस्थ सदासदा हाम्रो मनमष्तिकमा अमर रहनु हनेछ!


प्रतिक्रिया



थप समाचारहरु